२२ जेठ २०८३, शुक्रबार

चितवनमा मजदुर बोकेको ट्र्याक्टर दुर्घटना, ५ को मृत्यु, १९ घाइते

चितवनमा मजदुर बोकेको ट्र्याक्टर दुर्घटना, ५ को मृत्यु, १९ घाइते

चितवनमा आइतबार साँझ ट्याक्टर दुर्घटना हुँदा ५ को मृत्यु भएको छ ।  राप्ती नगरपालिका–११ आमपानीस्थित चिउँडे खोलामा ट्र्याक्टर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
दुर्घटनामा १९ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाले बताए ।

 थाकलटारबाट ढलानको काम गर्ने मजदुर बोकेर चिउँडे खोलातर्फ जाँदै गरेको ना १ त ६३८२ नम्बरको ट्र्याक्टर  साँझ ७ः३० बजे पुलबाट झण्डै २०० मिटर तल खसेको थियो ।

घाइतेको भरतपुर अस्पताल र पुरानो मेडिकल कलेजमा उपचार भइरहेको र तीमध्ये आठको अवस्था गम्भीर रहेको उनले बताए ।

salt training

कमेन्ट गर्नुहोस्