
मेष-भाग्यशाली वर्ष रहनेछ । वृहस्पति र शनि ग्रहले राम्रो फल दिनेछन भने राहु र केतु ग्रह प्रतिकूल रहेकाले केहि कुरामा ध्यान दिनु पर्नेछ । स्वास्थमा सङ्कट, पैसा फस्न सक्ने, चोटपटकको भयले सताउला । नोकरीमा आफ्नैबाट खिचातानीको शिकार हुनु पर्ला । मानसिक स्वास्थमा खलल पुग्नसक्ने सम्भावना छ । सुरुवातमा पठन-पाठनमा सुष्तता देखिएता पनि पछि राम्रो हुनेछ । विदेश योग त्यति राम्रो छैन । नोकरीको हकमा पदोन्नति हुन सक्ने योग पनि रहेको छ । धार्मिक कृत्य तथा मनोरञ्जनमा मन लाग्नाले आंशिक व्यय हुनेछ । सामाजिक कार्यमा रुची, इस्टमित्रमा मेलमिलापको स्थिति रहन्छ । स्वजनबाट ठिकै सहयोग मिल्ला । अरुलाई रोजगारीको अवसर दिन सक्ने योग छ । दाम्पत्य जीवन सुखद् पूर्ण रहनेछ । आफू-अनुशासनमा बसे धेरै कुरामा राम्रो हुनेछ । सन्तानको प्रगति देख्न पाइनेछ । सरस्वती देवीको बिशेष आराधना गरेमा बुद्धि-विवेकले सहि समयमा सही निर्णय गर्न सकिएला ।
वृष-सामान्य योग देखिएको छ । राहु र केतुग्रहले यो वर्ष अशुभ फल दिएका छन् । मानसिक अशान्ति, स्वजनबाट मनमुतावको स्थिति देखिएको छ । व्यक्तिगत रुपमा बदी भावनात्मक रहिनेछ । कर्म-क्षेत्रमा बदी नै परिश्रम गर्नु पर्ने सम्भावना देखिएको छ । पेशागत रुपमा सफलता मिल्नेछ । शत्रु लाग्ने, शारीरिक अस्वस्थता, व्यापारमा हानी हुन सक्छ । संघर्षशील वर्ष रहनेछ । अन्त्यमा केहि कुरामा सुधार होला । जीवनसाथी, इस्टमित्रको कटु वचनले वर्ष नराम्रो जानसक्ला, संयमित रहेर वाकचतुर्याईले धेरै काम सम्पादन हुनेछन् । अनिष्ट ग्रहको पूजा आराधना गर्दा राहत मिल्ला । धार्मिक कर्ममा मन प्रेरित रहला । धैर्य, लगनशील स्वभावले पठन-पाठनमा उन्नति प्रगति रहनेछ । भैरवको मन्दिरको दर्शन गर्दा राम्रो रहनेछ । नयाँ कर्मको थालनीको लागि अनुभवी व्यक्तिसँग सहयोग लिनु होला । शुभ समयमा मात्रै ठुला कार्यहरु आँट्नु होला । सूर्य भगवानलाई बिहान उठेर अर्घ दिदा आत्म-विश्वास बढ्नेछ ।
मिथुन-इज्जत, प्रतिष्ठामा वृद्धि हुनेछ । सुखको अनुभूति हुनेवाला वर्ष रहन्छ । वृहस्पति र केतु ग्रहअनुकुल रहेको छ । नसोचेका आरोप, कलह, मुद्धा-मामिला र मानहानी हुनेछ । परिवारमा आर्थिक हानी हुनेछ । व्यापारमा मध्यम प्रतिफल मिल्नेछ । सुरुवातमा पठन-पाठनमा रोकावट आएतापनि उत्तरार्द्धमा सन्तोषजनक उन्नति प्रगति हुनेछ । अदैया शनिका कारण आलस्य पूर्ण वर्ष रहनेछ । चिन्ताले असहयोग खेप्नुपर्नेछ । विदेशबाट आएको रकमले घरमा आर्थिक उन्नति हुनसक्छ । दाम्पत्य जीवन मधूर नै रहन्छ । सन्तानबाट गौरवान्वित कार्य हुनेछ। कृषिउद्धम, पशुपालनमा मध्यम सफलता देखिएको छ । सवारीसाधन, टाढाको यात्राबाट होस पुर्याउनु होला । बिहिबार र बुधबार राम्रा, महत्वपूर्णकामहरु आँट्नु होला । जन्मबार र सोमबार ठुला महत्वपूर्णकाम नगर्नु होला । आफ्नो अल्छीपन त्याग्नको लागि योग, ध्यानमा र कसरतमा समय दिनु होला । समयको महिमालाई सम्झेर आफ्नो कार्य-तालिका बनाउनु होला । शिवजीलाई सम्झेर हरेक कार्य गर्नु होला, सफलता हजुरको अगाडी हुनेछ । राजनैतिक कार्यमा धेरै समय खेर नफाल्नुहोला ।
कर्कट-व्यापार, मानसम्मानमा वृद्धि, मानसिक सुख सन्तोषको वातावरण, सामाजिक कार्यमा रुची अल्छीपन, विवेकशुन्य निर्णयले पछुताउनु पर्ला । सामान्य दुर्घटनामा पर्न सकिने भएकोले टाढाको यात्रा नगर्दा नै उत्तम रहनेछ । अनावस्यक द्रुत-गतिमा नहिड्नुहोस् । नयाँ योजनाको थालनी हुन सक्ने । अरुको कुरा नमान्दा दुख पाइएला । दुख पाउने वर्ष रहेको छ । आखाको रोगले आक्रमण गर्न सक्नेछ । आर्थिक स्थिति धेरै नै फलीफाप हुनेछ । ब्यविचार मनमा आउन सक्ने भएकाले कुसङ्गत छोड्नुमा नै बुद्धिमानी रहला । आमा, मामा, र मावलीको सहयोगले हजुरको ठुलाकर्महरुमा सफलता मिल्नेछ । परिवारलाई बढी भन्दा बढी समय दिनु होला । पेट सम्वन्धी रोग लाग्यो भने घर बाहिरको खान त्याग्दा नै उल्लेख्य राम्रो हुनेछ । आहार विहारमा बदी ध्यान दिनु होला । उपचारको कार्यमा धेरै विलम्भ नगर्नु होला । हतारमा कुनै कुरा नगर्नु होला । धैर्यसँग गरिएको कार्यमा नै सफलता मिल्नेछ । पानी प्रशस्त मात्रामा पिउनुहोला ।
सिंह-वृहस्पति ग्रह लाभदायक रहको छ । राहुले शुभ फल दिएको छ । न्याय सम्बन्धी, साझेदारी व्यापारमा सफलता मिल्नेछ । मनमा खुशी हुने वर्ष रहेको छ। आफ्नो स्वभावले शत्रुमाथि परास्थ गर्न सकिने छ । जग्गा-जमिनमा लफडा पर्न सक्ला । आमा-बुवा, दाजु-भाइबाट ठुलो सहयोग नमिल्ने सम्भावना छ । कर्म-क्षेत्रमा चुनौतीपूर्ण समय रहनेछ । अध्यन -अध्यापनमा सफलै देखिन्छ । स्वजनबाट काम-कार्यमा बाधा, अवरोध देखिन्छ । शनि र केतु ग्रहको मिश्रित फल पाइन्छ । जन्मदिनमा रुद्री अथवा नारायण भगवानको पूजा लगाउनु होला । यो बर्ष गरिब दुखीहरुको सेवा गरेमा शुभ -संकेत देखिनेछ । आफ्नो कार्यमा आफैमा विश्वास गरेर बढी समय दिनु होला । उन्नति प्रगतिले भाग्यको ढोका खोल्नेछ । राजनैतिक, सामाजिक कार्यमा सरिक भए केहि न केहि जिम्मेवारीपूर्ण पदमा बस्न पाइएला । रिसलाई नियन्त्रणमा राख्नु होला, अनावस्यक विवादबाट बच्न सहयोग मिल्नेछ ।
कन्या-मध्यम वर्ष रहेको छ । गुरू अनिस्ठ भावमा रहेपनि केहि राम्रा फल दिनेछ । शनि, राहु ग्रहले अशुभ फल नै प्रदान गरेको छ । दिलासुस्तीको भाग्योदय छ । बौद्धिक क्षेत्रमा चुनौती प्रसस्त मात्रामा नै छ । कु-सङ्गतले गलत परिणाममा पर्न सकिएला । सन्तानका क्रियाकलापले चिन्तित बनाउला । अनावस्यक समय र धनराशीबाट बर्वाद हुन सक्ला, सचेत रहनुहोला । पुरानाकार्यमा प्रगति मिल्नाले धनलाभ हुनेछ । नविन कार्यमा आंशिक सफलता मिल्नेछ । इस्ट मित्रबाट दु:ख- कस्टको अनुभव, विरोधीबाट कार्यमा बाधा अड्चन आउन सक्ला । राम्रा, नयाँ कार्य गर्नको लागि बुधबारको दिन प्राथमिक्तामा राख्न होला । शनिबार र जन्मबार ठुला महत्वपूर्णकार्यहरु नगर्नुहोला । नया व्यक्तिहरुसँग टाढा रहदा नै बेश हुनेछ ।
तुला-शनिग्रहको अढैयादशा बाहेक बृहस्पतिग्रहले शुभ फल नै दिएको छ । अन्यग्रहका कारण आफन्तमा शारीरिक कष्ट र शस्त्रद्वारा कार्यमा बाधा-व्यवदान आउन सक्लान् । स्वास्थ्य सामान्य नै रहला । अप्रत्याशित धनराशि आउन सक्ला । नचिनेको व्यक्ति र ठाउँबाट सफलता मिल्न सक्लान् । अनावश्यक वादविवाद, प्रशासनिक कार्यमा बिलम्ब ,अध्ययन-अध्यापनमा आशातीत सफलता नपाइएला । झुट्टा आरोपबाट बच्न सजक रहनु होला । मान्यजनको सहयोग प्राप्त होला । रोग, शोकको भयले सताउला । शारीरिक दुर्बलताको अनुभव रहनेछ । आफ्नोकुराहरुलाई गोप्य राख्न प्रयास राख्नु होला । केहि निराशापूर्ण समयले दुख दिए पनि राम्रा मान्यजनको सहयोगले हजुरको प्रगतिको मार्ग दर्शन हुन सक्नेछ । केहि नया ज्ञानको हासिल गरेर बुद्धिमताले कदम चाल्दा ठुला समस्याहरु पनि हल हुने छन् । मान-सम्मानमा उल्लेख्य वृद्धि हुनेछ । अध्ययनको लागि केहि समय छुट्याउदा बौद्धिक क्षेत्रमा उच्च सम्मान पाइनेछ । जीवनलाई उल्लासपूर्ण बनाउन आफ्नो जीवनसाथीलाई भित्री मनबाट चोखो माया गर्नु होला ।
वृश्चिक-ग्रहगोचरले मिश्रित फल प्रदान गरेको छ । यसवर्ष प्रतिद्वन्द्वीलाई परास्त गर्न सकिएला । कार्य गर्नेसंस्थामा जटिल समस्या देखिने छ । पुराना रोगको उपचारमा अलमल रहने छ । सन्तति हरुले सहयोग नगर्दा मनमा पीडा हुने देखिएको छ । अनावश्यक झमेलामा परिएला, सतर्क रहनुहोला । बोली वचनले व्यापारमा ठूलो टेवा मिलेपनि आर्थिक स्तर सामान्य रहिरहनेछ । सामाजिक, धार्मिक, राजनैतिक क्षेत्रमा रुचि बढ्नेछ । स्वजनबाट आंशिक सहयोग पाइएला । सानासाना कामबाटनै फाइदा हुनेछ । आत्मविश्वास वृद्धि रहनेछ । आफ्नो क्षमताले अध्ययन क्षेत्रलाई नयाँ उचाइमा पुर्याउला । विपरीत लिङ्गको साथीबाट असहयोग प्राप्त हुनेछ । वर्षभर सुखदुःखको मिश्रित फल पाइनेछ । सम्बन्धहरुमा चिसोपनको विकास हुन सक्छ । स्वास्थमा रोगले आक्रमण गर्न सक्ला । ऋणहरू हटेर गए पनि सावधानी अपनाउनु पर्नेछ । ऋण लिएर काम गर्दा प्रगति नै रहला । कुकुरलाई बिस्कुट दिनुहोला, चिताएको कार्य छिट्टै नै बन्नेछ ।
धनु-अन्य साढेसाती ग्रसित यो वर्ष अन्य ग्रहको प्रभावले सकारात्मक फल मिल्नेछ । राहु ग्रहले सुखको अनुभूति र धनागममा मद्दत गर्नेछ । केतुग्रहले नराम्रा फल दिएतापनि कर्मक्षेत्रमा इज्जत र सम्मान बढ्नेछन् । कार्यमा प्रगति मिल्नाले सामान्य आर्थिक उन्नति रहनेछ । समस्यामा थप संकट आउने सम्भावना छ । धनको अभाव खेप्नुपर्ला । टाढाको यात्रा रोकिँदा मन खिन्न हुने छ । आटेको सोचेकोकार्यमा सामान्य हात लाग्ला । शत्रुले कार्यमा व्यवधान ल्याउन सक्लान् । सन्तानले दुःखी बनाउने छन् । जीवनमा संघर्षशीलको स्वभावमा परिवर्तन ल्याउनु होला । सफलतामा पनि जोड दिनु होला । धेरै अरुको कार्य भन्दा आफ्नो व्यक्तिगत कार्यमा ध्यान दिनुहोला । आफ्नो घमण्डलाई त्यागेर सामाजिक व्यक्तिको छवि अगाल्नु होला । अरुहरुले हजुरको रिस गर्नेछन्, नरम बनेर त्यस्को सामना गर्नुहोला । आध्यात्मिक जागरणको लागि केहि समय छुट्याउनु होला । शनिबार र जन्मबार ठुला महत्वपूर्णकार्यहरु नगर्नु होला ।
मकर-मध्य साढेसाती दशाले ग्रसित यो वर्ष केही कुरामा सजग रहनुहोला । नराम्रा समयले दुख दिने छ । अनावस्यक कार्यालयको झमेलामा परिएला । पठन-पाठन अरुचिका कारणले पढाइमा रोकावट आउन सक्लान् । मातापिता बन्धुबान्धवको अप्रिय वचनले वर्ष नराम्रो सँग बित्न सक्ला । कार्यालयमा अप्रत्यासित झुट्टा आरोपले समय कष्टकर रहन सक्ला । व्यवसायमा ठूलो धनराशिको नोक्सानी खेप्नु पर्ला । धार्मिक स्थलको भ्रमण, गुरुजन, साधु- सन्तका बाणीले मनमा शान्ति मिल्ला । केही राम्रा मित्रहरू बन्नेछन् । सामाजिक, धार्मिक, राजनैतिककर्ममा कार्यमा बढी सहभागी भइएला । आर्थिक, वृहस्पतिको दृष्टिले नोकरीमा पदोन्नति हुन सक्नेछ । सत्यताले धेरै कुरामा सहयोग गर्न सक्छ । दाम्पत्य जीवनमा मानसिक अशान्ति हुन सक्छ । अविवाहितहरुको हकमा मंगलकार्यको सम्भावना रहन सक्छ । हरेक कुरामा मिहिनेत गर्नु होला । आफुमा विश्वास राखेर अथक प्रयास गर्नु होला । आकस्मिक लाभको सम्भावना छ । शनि ग्रहलाई खुशी पार्न व्यक्तिगत जप, पाठ, हवनमा ध्यान दिनु होला ।
कुम्भ- आद्य साढेसातीयुक्त हजुरले यसवर्ष केही समस्याहरु सामना गर्नु पर्ला । वर्ष नराम्रा परिस्थितिबाट गुज्रन सक्नेछ । आफन्तजनमा शोक पर्न सक्ला । सामाजिक लाञ्छना लाग्न सक्ला । बोलीमा संयमित नभए कार्यालयमा शत्रु पक्ष मजबुत बन्ने देखिन्छ । नरम भएर सामना गर्दा अर्थपूर्ण रहला । अनावश्यक जिम्मेवारी आइलाग्दा बेलाबखत मन दु:खी रहनेछ । सरल ,सहज मिठास पूर्ण बोलीले असल मित्रहरु बन्नेछन् । स्वास्थ्य कमजोर रहला । व्यावसायिक रुपमा यो वर्ष सोचेअनुरुप सफलता नमिल्ला । महत्वकांक्षायुक्त योजना त्याग्दा नै यो वर्ष उचित रहला । साना साना काममा ध्यान दिएर अगाडि बढ्दा नै बुद्धिमता रहला । तीर्थको स्नान गर्नाले यो बर्ष रोकिएका काममा सफलता मिल्नेछ । सबैलाई बराबर हेर्दा विवादित हुनबाट बचिएला । एकल निर्णय दिनुबाट बच्नु होला । जीवनसाथीको निर्णयलाई एक कदम अगाडी राख्नु होला ।
मीन-कर्मचारीहरुको हकमा बोलीको मिठासको आवस्यकता देखिएको छ । झमेला- वादविवादमा फसेर वर्ष नराम्रोसँग बित्न सक्नेछ । कार्य कुशलताले यो बर्ष थप सम्मानजनक उचाइमा लग्नेछ । सरकारी जागिरको लागि फारम भर्ने यो वर्ष राम्रो हुनेछ । बढी मात्रामा आहार, बिहारमा ध्यान दिनु होला । परिवारलाई राम्रो सँग समय दिनु होला । कुनै टाढाको यात्राको लागि केहि दिन छुट्याउनु होला । साथीहरुसँग संयमित भएर आर्थिक लेन-देन गर्नु होला । जग्गाजमिन, विदेश यात्रा र गाडीले मध्यम फलीफाप दिनेछ । व्यक्तिगत रूपमा सामाजिक मनमा रुचि हुनेछ । देब्रे खुट्टा दुख्ने ग्रह छ, बिशेष सावधानी अपनाउनु होला । सेता चिजको जस्तै चामल, फूल, कपडा शंखआदि दान गर्नुहोला । शत्रुहरूले दुख दिने प्रयत्नमा लाग्नेछन् । उहाँहरुलाई नजर अन्दाज नगर्नुहोला ।
ज्यो.पं. घनश्याम पोख्रेल (९८४१४७९७०७)
[email protected]