
नेकपा एमालेका निलम्बित नेता भीम रावलले सीके राउतका गतिविधिलाई लिएर प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रश्न गरेका छन् ।
सीके राउतका कार्यक्रममा ‘स्वतन्त्र मधेश’को झण्डा राखिएपछि सामाजिक सञ्जाल ट्विटरमा लेख्दै नेता रावलले प्रधानमन्त्री ओलीलाई प्रश्न गरेका हुन् ।
नेता रावलले लेखेका छन्, ‘सीके राउतसँगको सम्झौतामा दुई देशबीच जस्तो भाषा प्रयोग र सभागृहमा महान् व्यक्तित्वझैं किन प्रस्तुत गरियो भनी मैले कुरा उठाएको थिएँ । जवाफमा ‘स्वतन्त्र मधेश’को नारा छोडेको भनिएको थियो । तर हालै सीके राउतको सम्मेलनमा ‘स्वतन्त्र मधेश’को ब्यानर–झण्डा राखिएकोप्रति प्रम केपी किन मौन ?’
सीके राउतसंगको सम्झौतामा दुई देश बीच जस्तो भाषा प्रयोग र सभागृहमा महान व्यक्तित्व झैं किन प्रस्तुत गरियो भनी मैले कुरा उठाएको थिएँ।जवाफमा 'स्वतन्त्र मधेश'को नारा छोडेको भनिएको थियो।तर हालै सीके राउतको सम्मेलनमा 'स्वतन्त्र मधेश' को ब्यानर-झण्डा राखिएको प्रति प्रमं केपी किन मौन?
— Bhim Rawal, PhD (@BhimRawal179) April 12, 2021