०२ असार २०८३, मंगलबार

अदालतबाट तोकिएको ५ हजार जरिवाना नतिरेर ४ वर्षदेखि फरार रहेका ४ जना पक्राउ

अदालतबाट तोकिएको ५ हजार जरिवाना नतिरेर ४ वर्षदेखि फरार रहेका ४ जना पक्राउ

बर्दिया जिल्ला अदालत गुलरियाले ५ हजार जरिवाना तोकेपछि ४ वर्षदेखि फरार रहेका ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

वन्यजन्तु चोरीनिकासी मुद्दामा २०७३ असार १६ गते फैसला सुनाउँदै अदालत जनही ५ हजार रुपैयाँ जरिवाना तोकेको थियो ।

जरिवाना नतिर्ने बर्दियाको बासगढी नगरपालिका–१ चेपाङ बस्ने ६३ वर्षीय तुलबहादुर विक, ४८ वर्षीय कौशल्या विक, २९ वर्षीय टेकराज थापा र ४७ वर्षीय लिलबहादुर विकलाई प्रहरीले पक्राउ गरेको छ ।

फरार भएका चारै जनालाई प्रहरी चौकी चेपाङको प्रहरी टोलीले घरबाट पक्राउ गरेको प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्