२३ असार २०८३, मंगलबार

प्रचण्डले फेरे संसदीय समिति, राज्य व्यवस्था छाडेर रोजे मानव अधिकार समिति

प्रचण्डले फेरे संसदीय समिति, राज्य व्यवस्था छाडेर रोजे मानव अधिकार समिति

नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं संसदीय दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसदीय समिति फेरेका छन् । 

२०७५ असारमा संसदीय समिति गठन हुँदा राज्य व्यवस्था तथा सुशासन समिति रोजेका प्रचण्डले समिति फेरेर कानून, न्याय तथा मानव अधिकार समिति रोजेका छन् ।

राज्य व्यवस्था समितिले प्रधानमन्त्री कार्यालय, गृह मन्त्रालयका अतिरिक्त अख्तियार दुरुपयोग अनुसन्धान आयोग लगायत संवैधानिक आयोग हेर्ने गर्छ । 

समितिको सभापति माओवादी केन्द्रकै शशी श्रेष्ठ छिन् । कानून, न्याय तथा मानव अधिकार समितिको सभापति एमाले सांसद कृष्णभक्त पोखरेल छन् । 

सभामुख अग्नि सापकोटाले प्रतिनिधि सभाको सोमवारको बैठकमा सदस्यहरूको नाम हेरफेरको सूचना सुनाएका थिए । राज्य व्यवस्था समितिमा रहेका उद्यमी सांसद विनोद चौधरीले अर्थ समिति रोजेका छन् । 
 

salt training

कमेन्ट गर्नुहोस्