उत्तरी आयरल्यान्डको फूटबल क्लब ग्लेनटोरानका खेलाडी रोरी डोनेलीले डंगान्नोन स्विफ्ट्सविरुद्ध ४० यार्ड परबाट हेडरमार्फत अविश्वसनीय गोल गरेका छन् ।
शुरूमा बल गोलकीपर रोय क्यारोलकहाँ पुग्यो अनि उनले त्यसलाई डी एरिया बाहिर आएर हेडरमार्फत फर्काए ।
तर बल डोनेली नजिक पुग्यो अनि उनले हावामा उफ्रेर बललाई हेड हाने । बल दुई डिफेन्डर र गोलकीपर क्यारोललाई पनि छक्याउँदै गोलपोस्टको जाली चुम्न पुग्यो ।
यो गोल देखेर कमेन्टेटरहरू समेत छक्क परे । एकजनाले त सोधे पनि, ‘उनले त्यो गोल गरेका हुन् त ?’