०४ असार २०८३, बिहीबार

सुन लुट्ने २ जना पक्राउ

सुन लुट्ने २ जना पक्राउ

सुन लुट्ने  कार्यमा संलग्न २ जनालाई प्रहरी तनहुँ प्रहरीले पक्राउ गरेको छ । आइतबार दिउँसो  व्यास नगरपालिका वडा नम्बर ३ ट्राफिक चोकमा म्याग्दे गाउँपालिका १ धरादी बस्ने सेतीमाया राना मगरलाई नक्कली सुनको ढिक्का देखाएर सक्कली सुन लुटपाट भएको प्रहरीले जनाएको छ ।

रानालाई एकान्त स्थानमा लगी उनले कानमा लगाएको डेढ तोलाको बेरुवा रिङ १ जोर, घाटीमा लगाएको ७ लालको सुनको तिलहरी र साथमा रहेको नगद सहित एक लाख अन्ठाउन्न हजार एक सय पचास रुपैयाँ बरावरको लुटपाट गर्ने कार्यमा संलग्न धादिङका शम्शेर सुनार र  प्रेम तामाङलाई प्रहरीले पक्राउ गरेको हो ।

 उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्