२८ जेठ २०८३, बिहीबार

काँग्रेस केन्द्रीय समिति बैठक वैशाख ५ मा

चैत ३१, २०७७
काँग्रेस केन्द्रीय समिति बैठक वैशाख ५ मा

नेपाली  काँग्रेस  केन्द्रीय  कार्यसमितिको  बैठक  आगामी  वैशाख  ५  गते  आइतबार  दिउँसो २.०० बजेका लागि तोकिएको छ ।

चैत ३० गते सोमबारका  लागि  निर्धारित  बैठक  वैशाख  ५  गतेलाई  सारिएको  हो  ।

 नेपाली  काँग्रेस  पार्टी  कार्यालयका  मुख्य  सचिव कृष्णप्रसाद पौडेलले सानेपास्थित पार्टी कार्यालयमा केन्द्रीय  समितिको  बैठक  बस्ने  जानकारी  दिए ।  

बैठकमा  पार्टीका  पदाधिकारी,  केन्द्रीय  तथा  आमन्त्रित  सदस्यहरू  सहभागी  हुनेछन्  ।

 वर्तमान  राजनीतिक  घटनाक्रमसँगै  नेपाली  काँग्रेस  पार्टीको  नेतृत्वमा  सरकार  गठनका विषयमा छलफल हुने जनाइएको छ ।

त्यस्तै पार्टीभित्र क्रियाशील सदस्यता वितरणमा देखिएको विवाद, समाधान र महाधिवेशनका सम्बन्धमा छलफल हुने छ ।

काँग्रेस पार्टीका पदाधिकारीहरूले सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार गठन गर्नुपर्ने धारणा राख्दै आए पनि अन्य दलसँगको छलफल ठोस निष्कर्षमा पुग्न सकेको छैन । गोरखापत्र दैनिकमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्