२७ जेठ २०८३, बुधबार

प्रचण्ड छाडेर एमालेमा लागेका नेता भन्छन् : आफै टीका लगाएर अध्यक्ष हुने कमरेडले जननिर्वाचित प्रतिनिधिको पद खोस्न मिल्छ ?

प्रचण्ड छाडेर एमालेमा लागेका नेता भन्छन् : आफै टीका लगाएर अध्यक्ष हुने कमरेडले जननिर्वाचित प्रतिनिधिको पद खोस्न मिल्छ ?
तस्वीर सौजन्य : सामाजिक सञ्जाल

कर्णाली प्रदेशका प्रदेश सभा सदस्य धर्मराज रेग्मीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जननिर्वाचित प्रतिनिधिको पद खोस्न नमिल्ने टिप्पणी गरेका छन् । 

माओवादी केन्द्रबाट निर्वाचन जितेका उनलाई पार्टी हित विपरित काम गरेको भन्दै कारबाही गरेपछि प्रचण्डमाथि रेग्मीले प्रश्न गरेका हुन् । 

उनले सोमवार भनेका छन्, आफै टीका लगाएर अध्यक्ष हुने कमरेडले जननिर्वाचित प्रतिनिधिको पद खोस्न मिल्छ ?

उनले लोकतन्त्रमा मतदाताको प्रतिनिधिलाई कसैको ठाडो आदेशले पदच्युत गर्न नमिल्ने समेत तर्क गरेका छन् ।

उनले भनेका छन्, '३५ हजार दैलेखी मतदाताको प्रतिनिधिलाई कसैको ठाडो आदेशले पदच्युत गर्न मिल्छ ? लोकतन्त्रमा त्यस्तो अधिकार कुनै पनि कानुनले पार्टी नेताहरूलाई दिँदैन र दिनु हुँदैन पनि । त्यो जनतामा निहित सार्वभौमसत्ताको संवैधानिक मान्यताको बर्खिलाप हुन जान्छ ।'

उनले हालै माओवादी केन्द्र त्यागेर एमाले प्रवेश गरेका छन् । दैलेख निर्वाचन क्षेत्र नम्बर १ ‘क’ बाट निर्वाचित रेग्मीलाई एमालेले केन्द्रीय सदस्य र प्रदेश सचिव पदमा मनोनित गरेको छ ।

सार्वजनिक अपिल आदरणीय दिदिबहिनी तथा दाजुभाइ , म धर्मराज रेग्मी २०७४ सालको निर्वाचनमा दैलेख १,क. बाट बाम गठबन्धनको साझा ...

Posted by Dharma Raj Regmi Page on Monday, April 12, 2021

salt training

कमेन्ट गर्नुहोस्