२२ असार २०८३, सोमबार

आजको मौसमः हावाहुरीसहित वर्षाको सम्भावना

आजको मौसमः हावाहुरीसहित वर्षाको सम्भावना

हाल देशमा स्थानीय वायु र पश्चिमी न्युन चापीय रेखाको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाले अहिले देशको पहाडी भूभागमा आंशिक देखि सामान्य बादल र बाँकी भूभागमा आंशिक बादल रहेको अवस्था रहेको जनाएको छ ।  
यस्तै शुक्रबार दिउँसो विभिन्न स्थानमा वर्षाको सम्भावना रहेको पनि महाशाखाले पूर्वानुमान गरेको छ ।  

 प्रदेश १ र सुदूरपश्चिम प्रदेशका लगायत अन्य प्रदेशका पहाडी भूभागहरुका थोरै स्थानमा मेघगर्जन र हावाहुरी सहित हल्का वर्षाको सम्भावना रहेको छ। यस्तै यस्तै केही भूभागमा आंशिक देखि सामान्य बदली रहनेछ ।

रातिपनि प्रदेश १ र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा र बाँकी पहाडी भूभागका एक दुई  स्थानमा मेघगर्जन र र हावाहुरी सहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्