संसद् चल्न नसक्ने र नेताहरू पनि नमिल्ने भएपछि निकास चुनाव नै हो– चन्द्र भण्डारी [अन्तर्वार्ता]

‘पार्टीभित्रबाटै देउवा ओलीसँग मिलेको आरोप लागेपछि सरकारको नेतृत्व लिने निर्णय’

सुशील पन्त
सुशील पन्त

लोकान्तरका समाचार सम्पादक सुशील पन्त समसामयिक राजनीति र संसदीय मामिलामा कलम चलाउँछन् । 

प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गर्दै आफ्नै नेतृत्वमा सरकार गठन गर्ने कांग्रेसको निर्णयले तरंगित बनेको राष्ट्रिय राजनीति फेरि सेलाउँदैछ ।

नयाँ सत्ता समीकरणका लागि निर्णायक मानिएको जसपाले समर्थनको छनक नदिएपछि आफ्नै नेतृत्वमा सरकार गठन गर्ने कांग्रेसको निर्णय अलपत्र जस्तो देखिएको छ ।


Advertisement

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं प्रखर वक्ता चन्द्र भण्डारी निर्णय गरेपनि कांग्रेसको नेतृत्वमा सरकार बन्ने सम्भावना कमजोर बन्दै गइरहेको बताउँछन् ।

लोकान्तर डट्कमसँगको कुराकानीमा भण्डारीले सभापति शेरबहादुर देउवालाई पार्टी भित्रबाटै प्रधानमन्त्री ओलीसँग मिलेको आरोप लागेपछि कांग्रेसले आफ्नै नेतृत्वमा सरकार गठन गर्ने निर्णय गरेको बताएका छन् ।

परिस्थिति परिपक्व नहुँदै नेपाली कांग्रेसले आफ्नै नेतृत्वमा सरकार गठन गर्ने निर्णय किन गर्‍यो रु अहिलेको राजनीतिक गतिरोधको निकास के हो ? आगामी भदौमा नेपाली कांग्रेसको महाधिवेशन हुने सम्भावना कति छ ? यी लगायत समसामयिक विषयमा गरिएको कुराकानी हेर्नुस्, भिडियोमा :

सुशील पन्त
सुशील पन्त

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्