२४ असार २०८३, बुधबार

अमेरिकामा एकपछि अर्को गोलीकाण्ड, ताजा घटनामा ८ जनाको मृत्यु

बैशाख ३, २०७८
अमेरिकामा एकपछि अर्को गोलीकाण्ड, ताजा घटनामा ८ जनाको मृत्यु

अमेरिकाको इन्डियानापोलिस विमानस्थल नजिक रहेको फेडेक्स गोदाममा एक बन्दूकधारीले असल्ट राइफलले गोलीकाण्ड मच्चाउँदा कम्तीमा आठजनाको मृत्यु भएको छ । कैयौं अन्य घाइते भएका छन् । 

स्थानीय समयअनुसार बिहीवार बेलुका भएको घटनामा कैयौं मानिसलाई गोली लागेपछि अस्पताल लगिएको छ । 

घाइतेमध्ये एकजनाको अवस्था गम्भीर रहेको बताइएको छ । दुईजनालाई चाहिँ घटनास्थलमै उपचारपछि घर पठाइएको छ । 

पुरुष बन्दूकधारीले आठजनाको हत्या गरेपछि आफ्नै ज्यान लिएको बताइएको छ । 

दुईजना प्रत्यक्षदर्शीहरूले एक पुरुषले कारको डिक्कीबाट बन्दूक निकालेको देखेको बताए । लगभग १० वटा गोली चलेपछि प्रहरी घटनास्थलमा आइपुगेको अर्को व्यक्तिको भनाइ छ ।

फेडेक्सका कर्मचारीहरूलाई गोदामको भुइँतल्लामा मोबाइल फोन प्रयोग गर्न नदिइने भएकाले आक्रमणका बेलामा ९११ मा फोन गर्न पाएका थिएनन् । 

salt training

कमेन्ट गर्नुहोस्