
बोलयतमा एक युवकले दिनको चार क्यान एनर्जी ड्रिंक पिउने गरेका हृदयघात भएको मेडिकल जर्नल बीएमजेले खबर दिएको छ ।
उनले दुई वर्षसम्म लगातार दिनको चार क्यान अर्थात् ६४० एमजी क्याफिन पिउने गरेका थिए ।
‘म काँँप्न थालें अनि मुटुको ढुकढुकी बेस्सरी बढ्यो,’ ती युवकले बताए । ‘मलाई माइग्रेन पनि भयो ।’
बिरामी हुन थालेपछि उनी उपचारका लागि गएका थिए । सास फेर्न गाह्रो भएपछि अनि थकान भइरहेपछि उनी तीन महिना विश्वविद्यालय पनि गएका थिएनन् ।
उनको मुटु र मिर्गौला बिग्रेको चिकित्सकहरूले थाहा पाए ।
चिकित्सकहरूका अनुसार, पच्न सक्नेभन्दा बढी एनर्जी ड्रिंक लिएको भएर उनलाई स्वास्थ्य समस्या आएको हो ।