०९ साउन २०८३, शनिबार

विश्वासको मत माग्दै मुख्यमन्त्री शाहीले भने– कर्णालीका इस्यू साझा हुन्, मत दिनुस् छलफल गरौंला

विश्वासको मत माग्दै मुख्यमन्त्री शाहीले भने– कर्णालीका इस्यू साझा हुन्, मत दिनुस् छलफल गरौंला

कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विश्वासको मत लिने प्रस्ताव प्रदेश सभासमक्ष पेश गरेका छन् ।

प्रदेश सभाको शुक्रवारको बैठकमा प्रस्ताव पेश गर्दै मुख्यमन्त्री शाहीले 'एकताबद्ध छौं भन्ने आभास दिन लागि विश्वासको मत लिने प्रस्ताव पेश गरेको' बताए ।

उनले असन्तुष्टिका विषयहरूमा छलफल गर्न सकिने भन्दै आफूलाई विश्वासको मत दिन अपिल गरे ।

'माओवादी केन्द्रको सिटको क्षमता कति छ भन्ने थाहा हुँदाहुँदै पनि सबै मान्यज्यूहरूलाई दलको तर्फबाट अपिल गरिसकेका छौं,' शाहीले भने, 'फेरि पनि सदनबाट सबै मान्य सदस्यज्यूहरूलाई भन्न चाहन्छु- छलफल गरौंला, कर्णालीका इस्यू साझा इस्यु हुन् । सबैले मतदान गर्नुहुन्छ भन्ने विश्वास सहित प्रस्ताव प्रेस गर्न चाहन्छु ।'

उनले प्रदेशका एजेन्डा साझा भएकाले सबै मिलेर अगाडि बढ्नुपर्ने बताए ।

salt training

कमेन्ट गर्नुहोस्