२० असार २०८३, शनिबार

क्यान्सर पीडितको उपचारका लागि ५ लाख सहयोग

बैशाख ३, २०७८
क्यान्सर पीडितको उपचारका लागि ५ लाख सहयोग
प्रतिकात्मक तस्वीर

क्यान्सर पीडित तनहुँको व्यास नगरपालिका–४ निवासी विकास दरैको उपचारका लागि विदेशमा ५ लाख रुपैयाँभन्दा बढी सहयोग जुटेको छ ।

वडा नम्बर २ घर भई हाल अमेरिकामा रहेका किरण श्रेष्ठको सक्रियतामा ५ लाख ३३ हजार ८२१ रुपैयाँ सहयोग संकलन गरिएको हो । 

सहयोग रकम पीडित दरैका नाममा माछापुच्छ«े बैंकमा रहेको खातामा जम्मा गरिएको छ । अमेरिका, अस्ट्रेलिया, बेलायत र जापानका रहेकाहरूबाट रकम संकलन गरिएको श्रेष्ठले जानकारी दिए ।

अभियानमा घुमन्ते समूहले पनि सहयोग गरेको छ । श्रेष्ठका अनुसार अझै पनि रकम संकलन अभियान जारी रहेकाले ५०० अमेरिकी डलर जम्मा गर्न बाँकी छ । 

केही दिनअघि मात्रै व्यास साङ्गीतिक समूहले पनि क्यान्सर पीडित दरैको उपचारका लागि २ लाख २८ हजार १५५ रुपैयाँ सहयोग गरेको थियो । केही वर्षदेखि दरै क्यान्सर रोगबाट पीडित भएर भारतमा उपचाररत छन् । फोटोग्राफीमा रुचि राख्ने उनी देशका विभिन्न ठाउँमा पुगेर तस्वीर खिच्ने गर्थे ।

पीडितका बुबा हस्तबहादुरले छोराको जीवन बचाइदिन अनुरोध गर्दै सहयोगको याचना गर्दै आएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्