
प्रधानमन्त्री केपी ओली र भारतीय गुप्तचर प्रमुखलाई जोडेर विवादास्पद समाचार लेख्ने नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य बबिन शर्माको घर तथा कार्यालयमा प्रहरीले खानतलासी गरेको छ ।
समाचारको विषयलाई लिएर शर्माको घर तथा कार्यालयमा आज बेलुकी प्रहरीले खानतलासीका र धम्की समेत दिएको नवनिर्वाचित महासचिव रोशन पुरीले जानकारी दिए ।
प्रहरीले 'विदेशी गुप्तचर निकायको दबाबले पक्राउ गर्नु पर्यो' भन्दै परिवारलाईसमेत धम्की दिएको पुरीले बताएका छन्। यो घटनाले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताविरुद्ध सरकार निरन्तर अनुदार भएको पुष्टि गरेको उनको भनाइ छ । उनले नेपाल सरकार र नेपाल प्रहरीलाई आफ्नो व्यवहार तत्काल सुधार गरेर समाचारका विषयमा प्रेस काउन्सिलमार्फत निरुपण खोज्न सुझाएका छन् ।
शर्माले सञ्चालन गर्दै आएकाे अनलाइनमा समेत सो विवादास्पद समाचार छापिएको थियो भने त्यसबारे प्रेस काउन्सिलले २४ घण्टे स्पष्टीकरण सोधेको छ ।