
बुटवलको कोरोना विशेष अस्पतालमा कोरोना सङ्क्रमित महिलाको मृत्यु भएको छ । अस्पतालको सघन उपचार कक्षमा उपचाररत अर्घाखाँची सीतागङ्गा नगरपालिका–२ निवासी ७० वर्र्षीया महिलाको आज बिहान मृत्यु भएको हो ।
कोभिड– १९ पोजेटिभ भएर चैत २९ गतेदेखि कोरोना अस्पतालमा उपचाररत महिलामा दीर्घरोग स्तन क्यान्सर हुनुका साथै ज्वरो निमोनिया र स्वाशप्रश्वासमा समस्या देखिएको लुम्बिनी प्रादेशिक अस्पतालका सूचना अधिकारी डा विष्णु गौतमले जानकारी दिए । यसअघि चैत ३० गते एकै दिन तीन सङ्क्रमितको मृत्यु भएको थियो ।