
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोना भाइरस संक्रमणको संकट बढ्दै गएकाले कुम्भ मेला प्रतिकात्मक नै राख्न प्रार्थना गरेका छन् ।
भारतको उत्तराखण्डस्थित हरिद्वारमा जारी कुम्भ मेलामा सहभागी साधुसन्तमै कोरोना संक्रमण बढेपछि प्रधानमन्त्री मोदीले अपिल गरेका हुन् ।
मोदीले ट्विटरमा लेखेका छन्, ‘आचार्य महामण्डलेश्वर पूज्य स्वामी अवधेशानन्द गिरीजीसँग आज फोनमा कुरा गरें । सबै सन्तहरूको स्वास्थ्यबारे जानकारी लिएँ । सबै सन्तगण प्रशासनलाई हरेक प्रकारबाट सहयोग गरिरहेका छन् । यसका लागि मैले सबै सन्त जगतप्रति आभार व्यक्त गरे । मैले प्रार्थना गरेको छु कि दुई शाही स्नान भइसकेका छन् । अब कुम्भलाई कोरोना संकटका बेला प्रतिकात्मक नै राख्नुपर्छ । यसबाट संकटसँग लड्न ताकत मिल्नेछ ।’
प्रधानमन्त्रीको आग्रहपछि महामण्डलेश्वर अवधेशानन्द गिरीले भनेका छन्, ‘माननीय प्रधानमन्त्रीजीको आह्वानको हामी सम्मान गर्छाैं । स्वयं र अन्यको जीवन रक्षा गर्नु पुण्य हो । धर्मपरायण जनतासँग मेरो आग्रह छ कि कोभिडको परिस्थितिलाई हेर्दै कोभिडका नियमको पालना गर्नुहोला ।’
मैंने प्रार्थना की है कि दो शाही स्नान हो चुके हैं और अब कुंभ को कोरोना के संकट के चलते प्रतीकात्मक ही रखा जाए। इससे इस संकट से लड़ाई को एक ताकत मिलेगी। @AvdheshanandG
— Narendra Modi (@narendramodi) April 17, 2021