१८ असार २०८३, बिहीबार

उपनिर्वाचन गर्न सरकारको प्रस्ताव, कांग्रेसले भन्यो – हाम्रो महाधिवेशन प्रभावित नहोस्

उपनिर्वाचन गर्न सरकारको प्रस्ताव, कांग्रेसले भन्यो – हाम्रो महाधिवेशन प्रभावित नहोस्

सरकारले प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहका रिक्त विभिन्न स्थानमा उपनिर्वाचनका लागि दलहरूसँग प्रस्ताव गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा शनिवार बसेको सर्वदलीय बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले रिक्त स्थानमा उपनिर्वाचनको लागि दलहरूसँग प्रस्ताव गरेका हुन् । 

सर्वदलीय बैठकमा सहभागी नेपाली कांग्रेस, जनता समाजवादी पार्टी (जसपा), राप्रपा, नेमकिपा लगायतका दलले उपनिर्वाचनका लागि तयार रहेको बताएका थिए ।

‘निर्वाचन आयोगले तोकेको समयमा निर्वाचनमा सहभागी हुन सबै दल सहमत हुनुभएको छ, नेपाली कांग्रेसले भदौमा महाधिवेशन भएकाले कार्यक्रम प्रभावित नहुने गरी कार्यतालिका प्रकाशित गरियोस् भन्ने आग्रह गरेको छ,’ बैठकपछि परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भने, ‘प्रधानमन्त्रीज्यूले तपाईंहरूको महाधिवेशनलाई अप्ठ्यारो नपार्ने गरी चुनावको मिति घोषणा गर्न आयोगसँग छलफल गर्छाैं भन्नुभयो ।’ 

माओवादी परित्याग गरेर एमाले प्रवेश गरेका ४ जना प्रतिनिधिसभा सदस्यको स्थान रिक्त भएको छ । प्रदेश सभाका ४ सांसदको पद पनि रिक्त छ । केही स्थानीय तहका पदाधिकारी पनि रिक्त छन् ।

salt training

कमेन्ट गर्नुहोस्