२६ असार २०८३, शुक्रबार

हतौडो प्रहार गरेर भान्जाको हत्या, मामा पक्राउ

बैशाख ४, २०७८
हतौडो प्रहार गरेर भान्जाको हत्या, मामा पक्राउ
प्रतिकात्मक तस्वीर

हतौडो प्रहारबाट बैतडीमा शनिवार १ बालकको हत्या भएको छ ।

दशरथचन्द नगरपालिका–१ झोकालीका १५ वर्षीय महेश भुलको हत्या भएको हो । 

महेशको दोगडाकेदार गाउँपालिका–३ सिल्लेगडाका मामा नाता पर्ने १८ वर्षीय नारायण भुलले हत्या गरेका  खोचलेक प्रहरी चौकीका इञ्चार्ज मोती बमले जानकारी दिए ।

मामाघर दोगडाकेदार आएका महेशमाथि नारायणले शनिवार बिहान साढे ११ बजेतिर घरमै हतौडा प्रहार गरेका हुन् । हतौडा प्रहार भएलगत्तै महेशको घटनास्थलमै मत्यु भएको हो । 

के कति कारणले महेशको हत्या भयो भन्नेबारे खुल्न नसकेको खोचलेक प्रहरी चौकीले जनाएको छ । महेश आफ्नी आमासँगै मामाघर आएको बताइएको छ ।

चौकीको प्रहरी टोली अहिले घटनास्थलमा पुगेको छ ।  घटनाको विस्तृत विवरण आउन बाँकी रहेको छ । नारायणलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

घटनाको थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय पाटनको टोली पनि घटनास्थल जाने तयारीमा छ ।

salt training

कमेन्ट गर्नुहोस्