मंसिर ३०, २०८०
बुधवार काभ्रेको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयका १ हजार ८३८ जना विद्यार्थीमाझ सनम ढकाल दृश्यमा आए । एमबीबीएसमा सर्वोत्कृष्ट भएर गोल्ड मेडल ल्याउँदै सनम दीक्षित भएसँगै सबैमाझ परिचित भएका हुन् । काठम...
जयनगर–बर्दिवास रेल्वेको प्रथम खण्डमा वैशाख महिनाभित्रै रेल सञ्चालन हुने भएको छ ।
जयनगर–बर्दिवास रेल्वेको भारतको जयनगरबाट धनुषाको कुर्थासम्मको पहिलो खण्डमा वैशाख महिनाभित्रै रेल सञ्चालन गरिने जनाइएको छ ।
पूर्व–पश्चिम र जयनगर–बर्दिवास रेल्वेको कामको अनुगमन तथा रेल सञ्चालनको तयारीबारे भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङले शनिवार महोत्तरीको बर्दिवासस्थित प्रस्तावित रेल्वे स्टेसन क्षेत्रको अवलोकन निरीक्षण गरे ।
सो अवसरमा रेल विभागका महानिर्देशक प्रमिला बज्राचार्य, नेपाल रेल्वे कम्पनी लिमिटेडका महाप्रबन्धक गुरुप्रसाद भट्टराई र अन्य अधिकारीका साथ निरीक्षणपछि मन्त्री नेम्वाङले जयनगर–बर्दिवास रेल्वेको प्रथम खण्डमा वैशाखभित्रै रेल सेवा सञ्चालन गर्न सकिने बताए ।
‘जयनगरदेखि धनुषाको कुर्थासम्मको रेल लिक निर्माण कम्पनीले हाम्रो जिम्मा लगाइसकेको छ, रेल सेट पनि गत असोजमै ल्याइसकिएको छ,’ मन्त्री नेम्वाङले बर्दिबासमा सञ्चारकर्मीसँग भने, ‘अब जनशक्ति व्यवस्थापनको अन्तिम चाँजो मिलाइँदैछ, जारी वैशाख महिनाभित्रै प्रथम खण्डमा रेल चल्छ ।’
जयनगर–बर्दिवास रेल्वे परियोजनाको ६९ किलोमिटर दूरीमध्ये कुर्थादेखि जयनगरसम्मको लिक निर्माण गत वर्ष नै सम्पन्न भए पनि रेलसेट नहुँदा सेवा सञ्चालन हुन सकेको थिएन । अब रेल सञ्चालनका लागि भारतबाट दक्ष जनशक्तिको व्यवस्थापनको टुंगो लागेको हुँदा प्रथम खण्डको जयनगरदेखि कुर्थासम्मको ३४ किलोमिटरमा रेल सञ्चालनको करीब सबै तयारी पूरा भएको मन्त्री नेम्वाङको भनाइ छ ।
जयनगर–बर्दिवास रेल्वेको जम्मा ६९ किलोमिटर दूरीमध्ये प्रथम खण्ड जयनगरबाट कुर्थासम्म ३४ किमी, कुर्थाबाट महोत्तरीको भङ्गाहा नगरपालिका–५ स्थित बिजलपुरा स्टेसनसम्म १७ किमी दोस्रो खण्ड र बिजलपुराबाट महोत्तरीकै बर्दिबाससम्म १८ किलोमिटर दूरीलाई तेस्रो खण्ड भनिएको छ । अहिले प्रथम खण्ड तयार भएर सेवा सञ्चालनको तयारी गरिएको र दोस्रो खण्डको काम १ महिनाभित्रै सम्पन्न हुने हुँदा सो खण्डमा पनि यसै आर्थिक वर्षभित्रै (असार मसान्तभित्रै) रेल सेवा सञ्चालनमा आइसक्ने नेपाल रेल्वे कम्पनी लिमिटेडले जनाएको छ ।
‘ढुक्क हुनोस् यसै वैशाखभित्र कुर्थासम्म र आव २०७७/७८ भित्रै बिजलपुरासम्मको सेवा सञ्चालन हुनेछ,’ कम्पनीका महाप्रबन्धक गुरुप्रसाद भट्टराईले सञ्चारकर्मीसँग भने, ‘तेस्रो खण्डको काम बढ्न चाहिँ बर्दिबासको जग्गा मुआब्जा प्रकरण नटुङ्गिनु समस्या भएको छ ।’ यो समस्या पनि चाँडै निराकरण हुने गरी काम बढेको भट्टराईको भनाइ छ ।
पूर्वपश्चिम रेल र जयनगर–बर्दिवास रेल्वेको बर्दिबासमा एउटै स्टेशन हुने गरी काम थालिएको हो । पूर्वपश्चिम रेलको सिमरा–बर्दिवास खण्डको काम र जयनगर–बर्दिवास रेल्वेको तेस्रो खण्डको काम बर्दिबासकै जग्गा मुआब्जा नटुंगिँदा अघि बढ्न नसकेको नेपाल सरकार रेल विभागको स्वीकारोक्ति छ । ‘पूर्वपश्चिम रेल मार्गको काम पनि वनक्षेत्र छिचोलेर बर्दिवासको भव्सी खोलासम्म आएको छ, जयनगर–बर्दिवासरेल्वेको काम बिजलपुरासम्म सम्पन्न हुने क्रममा छ,’ रेल विभागका महानिर्देशक बज्राचार्यले भने, ‘बर्दिबासको जग्गा मुआब्जा प्रकरण टुंगिनासाथ कामले गति लिन्छ ।’
जग्गा मुआब्जा नटुंगिँदा बर्दिवासको प्रस्तावित स्टेशन नै वरपर सार्न सकिने विकल्पका बारेमा समेत अध्ययन भइरहेको रेल विभागले जनाएको छ । पूर्वपश्चिम रेल मार्ग निर्माणकै चरणमा रहेको छ ।
यता, जयनगर–बर्दिवास रेल्वेको पहिलो खण्डको काम सम्पन्न भएको र दोस्रो खण्डको समेत काम सम्पन्न हुने क्रममा रहेको हुँदा अब जयनगर कुर्था हुँदै बिजलपुरा रेल सेवा चल्ने तयारी रहेको नेपाल रेल्वे कम्पनी लिमिटेडले जनाएको छ । रेल चाँडै चल्ने तयारीको कुराले धनुषासँगै कुर्थासँग नजीक रहेका महोत्तरीका लोहारपट्टी, बलवा र भङ्गाहा नगरपालिका र पिपरा गाउँपालिका क्षेत्रमा सर्वसाधारण उत्साहित देखिएका छन् ।
महोत्तरी जिल्लाका लोहारपट्टी, बलवा र भङ्गाहा नगरपालिकाका बस्तीहरू कुर्थासँगै जोडिएका छन् । २ दशकअघिसम्म जयनगर–जनकपुर–बिजलपुरा चल्ने रेलमा यात्रा गरेको सम्झने यस भेगका सर्वसाधारण अब ठूलो रेल (ब्रोडगेजलाई बोलीचालीमा ठूलो भनिएको) आउने भन्दै हौसिएका छन् ।
विक्रम संवत् २०५९ अघि जयनगर–जनकपुर–बिजलपुरा चल्ने रेलको महोत्तरी जिल्लामा पिपराढी, लोहारपट्टी, सिङ्गयाही र बिजलपुरा स्टेसन थिए । यहाँबाट रेल चढेर यस भेगका बासिन्दा बजारु र धार्मिक प्रयोजनका कामले जनकपुर र जयनगरसम्म आवतजावत गर्थे । विक्रम संवत् २०५९ सालको बर्खे भेलले हाल लोहारपट्टी नगरपालिकाको बिगही पुल भत्काएपछि त्यतिखेरको रेल सेवा बन्द भएको थियो ।
अहिले त्यतिखेरको सानो लिकको ठाउँमा ब्रोडगेज लिक बनेको छ । अबको रेल सेवा सुविधायुक्त र छिटोछरितो हुने सर्वसाधारणले आश सँगालेका छन् । ‘अब भारतको जस्तै ठूलो रेल चढ्न पाइने छ,’ बिजलपुरा स्टेसन नजिकको भङ्गाहा–४ पलार बस्तीकी सियानकीदेवी बाँतरले खुशी हुँदै भने ।
अहिले कुर्थादेखि भारतको सीमावर्ती शहर जयनगरसम्म सञ्चालन हुने गरी ल्याइएको रेलसेट परीक्षणपश्चात् जयनगरस्थित नेपाल रेल्वे स्टेसनमा पार्किङ गरिएको छ । दक्ष जनशक्ति भारतबाट र प्रशासनिक जनशक्ति मुलुकबाटै व्यवस्थापन गरेर रेल चलाउने तयारीमा पुगिएको रेल विभागले जनाएको छ । आफ्नो क्षेत्रमा अब चाँडै रेल सेवा सञ्चालन हुने कुराले यस भेगका किसान आफ्नो उत्पादनले बजार पाउने आशमा छन् । दूध, कृषि उपज र मासुका लागि पालिने पशुपन्छी रेल चलेपछि भारतकै सीमावर्ती बजारसम्म दैनिकजसो लान पाइने यस भेगका किसानको विश्वास छ ।
सन् २०१४ मा भारत सरकारसँगको सम्झौतामा भारतकै ७ अर्ब २० करोड अनुदान सहयोगमा थालिएको जयनगर–जनकपुर–बर्दिवास रेल्वे स्तरोन्नतिको काम सन् २०१९ मै सकिनु पर्ने तालिका थियो । यसबीचका मधेश आन्दोलन, भूकम्प र बाढी जस्ता प्राकृतिक विपत्ति र जग्गा मुआब्जा प्रक्रिया नटुंगिँदा परियोजना सम्पन्न गर्न ढिलाइ भएको रेल विभागले बताएको छ । – गोपालप्रसाद बराल/रासस
बुधवार काभ्रेको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयका १ हजार ८३८ जना विद्यार्थीमाझ सनम ढकाल दृश्यमा आए । एमबीबीएसमा सर्वोत्कृष्ट भएर गोल्ड मेडल ल्याउँदै सनम दीक्षित भएसँगै सबैमाझ परिचित भएका हुन् । काठम...
बुटवलका कुलचन्द्र पाण्डे सफल पर्यटन व्यवसायी हुन् । कुनै समय भारतको एउटा कम्पनीमा काम गरेका पाण्डे अहिले रूपन्देहीमा ‘एसियन ब्राण्ड’ चम्काउने ‘टुरिजम’ उद्यमीका रूपमा चिनिन्छन् । तीन दशकअघि...
प्रगतिशील राजनीतिको 'फ्रन्टलाइन'मा देखिने नेताहरू जति कठोर हुन्छन्, त्यो भन्दा बढी ‘इमोसनल र सेन्टिमेन्टल’ पनि हुन्छन् । त्यस्तै ‘इमोसनल फिलिङ्स’का बाबजुद परिस्थितिले कठोर बन्दै गएक...
नृत्यका पारखीहरूका लागि लुम्बिनी प्रदेशमा लोकप्रिय नाम हो किशोर थापा । रुपन्देहीका किशोरको परिचय खाली नृत्यकार (डान्सर)मा मात्र सीमित छैन । उनी नृत्य निर्देशक, गायक, मोडल र फूटबल खेलाडीको रूपमा समेत उत्तिकै च...
समय : आइतवार बिहान ७ बजे स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्याएको ठाउँ) ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...
मनीषा जीसीको वास्तविक नाम विष्णु घर्ती क्षेत्री हो । गुल्मीको धुर्कोट गाउँपालिका– ३ हाडहाडेकी विष्णुलाई धेरैले मनीषा भनेर चिन्छन् । उनै मनीषा लोक सेवा आयोगले लिएका पाँचवटा परीक्षामा एकसाथ नाम निकालेर अह...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...