२६ असार २०८३, शुक्रबार

‘सेना परिचालन गरेर तत्काल सीमा नाका बन्द गर्नुपर्छ’

‘सेना परिचालन गरेर तत्काल सीमा नाका बन्द गर्नुपर्छ’

नागरिक समाजका अगुवा तथा बरिष्ठ चिकित्सक डा. सुन्दरमणि दिक्षितले नेपाल कोरोना संक्रमणको जटिल अवस्थामा पुगिसकेकोले तत्काल सीमा नाका बन्द गर्नुपर्ने बताएका छन् ।
शनिबार राजधानीमा आयोजित एक कार्यक्रममा उनले भने,‘अहिले स्थिति एकदमै जटिल अवस्थामा पुगिसकेको छ, अस्पतालमा अब आईसियु बेड छैनन्, अक्सिजन छैन । भेन्टिलेटर त छँदै छैन् । अहिले जटिल अवस्थामा पुगेकोले हामीले के गर्ने भन्ने कुरा निक्र्यौल गर्नुपर्छ । सिमा नाकाहरु तुरुन्तै बन्द गर्नुपर्छ । तत्काल कडाईका साथ सिमा नाका बन्द गर्नुपर्छ । र, सिमाको व्यवस्थापनमा अब नेपाली सेनालाई खटाउनुपर्छ । त्यहाँ सिभिलियनले अब नियन्त्रण गर्न सक्दैनन् । काठमाडौं उपत्यकाको नाका पनि तत्काल बन्द गर्नुपर्छ । कडाई गर्नुपर्छ ।’

उनले आईसोलेशन र क्वारेन्टिनको व्यवस्थापनि पनि प्रभावकारी रुपमा गर्नुपर्ने बताए । उनले जनता अहिले असाध्यै सतर्क हुनुपर्नेमा जोड दिँदै भने,‘अहिले जात्रा र पर्व मनाउने बेला होईन् । धर्म, संस्कृति र परम्परा बचाउनको लागि जात्रा नगरौं । मान्छे नै बचेनन् भने धर्म, संस्कृति कसरी बच्छ ? हामीले दुवै कुरालाई मिलाएर जानुपर्छ ।’

उनले अहिले आफूहरुले (नागरिक) ले के गर्ने र सरकारले के गर्ने ? भन्नेबारे भूमिका र जिम्मेवारी निर्धारण हुनुपर्ने पनि सुनाए । उनले भने,‘अहिले कोरोनाको यस्तो जोखिम बढेको छ । तर, हामी जनताले असाध्यै यसलाई बेवास्ता गरेका छौं । जुन देशमा जनताले बेवास्ता गरेका छन्, त्यहाँ कोरोनाको अवस्था भयावह छ, तर जुन देशमा जनता अनुशासित भएका छन्, ती देशमा कोरोना नियन्त्रण भएको छ । त्यसैले हामी नेपालीहरुले पनि लापरवाही गर्नुहुँदैन् ।’

उनले नेपालका राजनीतिक दल र यसका नेताहरुलाई अहिले कोरोनाको जोखिमको समयमा भीडभाड गर्न नहुने कुरा थाहा हुँदाहुँदैपनि जनताको वास्ता नगरी खाली आफ्नो स्वार्थको लागि अघि बढेको आरोप लगाएका छन् । उनले भने,‘नेताहरुले अहिले तिमी जनता मरे मर, तर हामीलाई माथि पुर्याईदेउ भन्ने मात्रै ध्यान छ ।’ उनले पब्लिक पनि अब एकदमै सचेत हुनुपर्नेमा जोड दिए । उनले नेपालमा कोभिडविरुद्धको खोपपनि पर्याप्त मात्रामा नभएको अवस्था सुनाए ।

salt training

कमेन्ट गर्नुहोस्