भारतीय कांग्रेसका सांसद राहुल गान्धीलाई कोरोना भाइरस संक्रमण भएको छ ।
सांसद गान्धीले मंगलवार दिउँसो ट्वीट गर्दै संक्रमण देखिएकोबारे जानकारी दिए ।
कोरोनाका सामान्य लक्षण देखिएपछि जाँच गर्दा संक्रमण पुष्टि भएको उनले जनाएका छन् । आफ्नो सम्पर्कमा आएका व्यक्तिलाई सावधान हुन र परीक्षण गराउन उनले आग्रह गरे ।
प्रधानमन्त्री नरेन्द्र मोदीले सांसद गान्धीको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् । यसअघि कांग्रेस नेता तथा पूर्व प्रधानमन्त्री मनमोहन सिंहलाई समेत कोरोना संक्रमण पुष्टि भएको थियो ।