२१ जेठ २०८३, बिहीबार

प्याराग्लाइडरको चश्मा हावामा उड्यो अनि २० सेकेन्डपछि काखमा आइपुग्यो (भिडियो)

बैशाख ७, २०७८
प्याराग्लाइडरको चश्मा हावामा उड्यो अनि २० सेकेन्डपछि काखमा आइपुग्यो (भिडियो)

टर्कीमा प्याराग्लाइडिङ गरिरहेकी एक महिलाले स्टन्ट गर्दा कालो चश्मा उडेको अनि २० सेकेन्डपछि फेरि उनकै काखमा आएर खसेको छ ।
 

मुग्ला प्रान्तको ओलुडेनिज गाउँमाथि प्याराग्लाइडिङ गर्दागर्दै ट्युबा टर्कसिभको चश्मा हराएको थियो । 

उनी प्याराग्लाइडिङ प्रशिक्षक आईसेनुर काटिर्चीसँग उडिरहेको बेलामा घटना भएको हो । 
 

फूटेजमा देखिन्छ, यो जोडी टर्किश रिभिएरामा उड्दै गर्दा टर्कसिभको चश्मा उड्छ । 

उनीहरूले स्पाइरलिङ सकेपछि टर्कसीभले चश्मा उडेको थाहा पाउँछिन् र प्रशिक्षकलाई भन्दै गर्दा अचानक चश्मा काखमा आइपुग्छ । 

त्यसपछि दुवै महिला हाँस्छन् र बिस्तारै तलतिर झर्छन् । 
 

salt training

कमेन्ट गर्नुहोस्