२९ जेठ २०८३, शुक्रबार
सहमतिउन्मुख छलफल

प्रधानमन्त्री–जसपा नेता भेटवार्ता : दुई/तीन दिनभित्रै मुद्दा फिर्ता लिने प्रतिबद्धता !

बैशाख ७, २०७८
प्रधानमन्त्री–जसपा नेता भेटवार्ता : दुई/तीन दिनभित्रै मुद्दा फिर्ता लिने प्रतिबद्धता !

प्रधानमन्त्री केपी शर्मा ओलीले मधेश आन्दोलनका क्रममा लागेका मुद्दाहरू दुई/तीन दिनभित्रै फिर्ता लिने प्रतिबद्धता जनाएको जसपाका वरिष्ठ नेता राजेन्द्र महतोले बताएका छन् ।

मंगलवार प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्रीसहित सरकारी कार्यदल तथा जसपाका अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो, कार्यदल सदस्यहरू लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्लबीच लामो छलफल भएको थियो ।

छलफलमा सहभागी जसपाका वरिष्ठ नेता महतोका अनुसार २०८ जना प्रतिवादी रहेका २४ थान मुद्दा अबको दुईदेखि तीन दिनभित्र मन्त्रिपरिषद्को बैठकबाट फिर्ता लिने भनेर प्रधानमन्त्री ओलीले प्रतिबद्धता जनाएका थिए ।

'केही मुद्दा फिर्ता लिनका लागि कागजात अपुग भएकाले हिजोको मन्त्रिपरिषद्को बैठकबाट निर्णय हुन सकेन,' महतोले लोकान्तरसँग भने, '२४ थान मुद्दाका फाइलमध्ये १० थान फाइलको कागजात दुरुस्त छ, बाँकी १४ थानमा अपुग भएका कागजात पूरा गर्न गृह मन्त्रालयमार्फत गृहकार्य भइरहेको छ ।'

यसअघि पटक-पटक भएको भेटवार्तामा समेत आफूले प्रतिबद्धता जनाइसकेका कारण मुद्दा फिर्ताको काममा आशंका नगर्न प्रधानमन्त्री ओलीले विश्वास दिलाएको उनले बताए ।

त्यसबाहेक अन्य राजनीतिक मुद्दा, समसामयिक मुद्दासहित जसपाले राख्दै आएका विषयमा पनि प्रधानमन्त्री ओलीसँग गम्भीर छलफल भएको उनले जानकारी दिए ।

मुद्दा फिर्ता लिनका लागि बनेको नयाँ कार्यविधिअनुसार फ्याक्ट शिट भर्दा केही व्यक्तिको शनाखत हुन बाँकी थियो भने केही मुद्दाका अभियुक्तको नाम छुट्न गएको थियो ।

ती सबै कागजात पूरा गर्ने काम गृह मन्त्रालय र जसपाका कार्यदलबीचको छलफलमा भइरहेको हुनाले दुईदेखि तीन दिनभित्र सबै मुद्दा फिर्ता हुने महतोले बताए ।

salt training

कमेन्ट गर्नुहोस्