२४ असार २०८३, बुधबार

ओली सरकारलाई हाम्रो समर्थन छैनः माओवादी

ओली सरकारलाई हाम्रो समर्थन छैनः माओवादी

नेकपा माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठले वर्तमान केपी ओली नेतृत्वको सरकारलाई आफ्नो पार्टीको समर्थन नरहेको स्पष्ट पारेका छन् ।
मंगलबार पार्टीको स्थायी कमिटी बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले देशमा चुनाव घोषणा हुने र चुनाव नहुने गरी संविधान र लोकतन्त्रमाथि खतरा पैदा हुने स्थिति नआओस् भन्नका लागि आफुहरुले सुविचारित ढङ्गले कदम चाल्ने पनि बताए ।
उनले भने, ‘यो सरकारलाई हाम्रो समर्थन छैन । यो सरकारलाई हामीले कसरी अहिले औपचारिक रुपमा समर्थन नरहेको कुरा लेखेर दिने भन्ने मात्रै बाँकी छ । यो सरकारलाई विस्थापित गरेर वैधानिक रुपले अर्को सरकार बनाउने प्रक्रियाको पहलकदमी र नेतृत्व गरिरहेको हाम्रो पार्टीले यो सरकारको समर्थनलाई कुनैपनि कोणबाट अगाडी बढाउन सक्दैन । राजनीतिक अन्योलको स्थिति सिर्जना नहोस् । यो देशमा संविधान र लोकतन्त्रमाथि खतरा हुनेगरी चुनाव घोषणा हुने र चुनाव चाहिँ नहुने स्थितितिर देश नधकेलियोस् । त्यसकारणले हामीले सुविचारित ढंगले कदम चाल्ने पक्षमा मात्रै हौँ । त्यसैले यसमा कुनै भ्रम नराखे हुन्छ ।’

salt training

कमेन्ट गर्नुहोस्