२८ जेठ २०८३, बिहीबार

माओवादी केन्द्र चुनावको पक्षमा

बैशाख ८, २०७८
माओवादी केन्द्र चुनावको पक्षमा

नेकपा  माओवादी केन्द्रले संविधानतः हुने   निर्वाचनबाट   आफ्नो   पार्टी   नभाग्ने  जनाएको  छ  ।  पार्टी  प्रवक्ता  नारायणकाजी  श्रेष्ठले  आफ्नो  पार्टी  चुनावको  पक्षमा  रहेको  तर  त्यो  संविधानतः  हुनुपर्नेमा  जोड  दिएको  बताए । उनले  माओवादी  केन्द्रको  अहिलेको  मुख्य  ध्यान  चुनावभन्दा   पनि   संविधान   र   लोकतन्त्रको     रक्षाका     लागि     रहनेसमेत बताए ।
पार्टी  स्थायी  कमिटीको  मङ्गलबार  बसेको  बैठकले  छवटा  कार्यसूची  बनाएको  पनि  उनले  जानकारी  दिए । उनका  अनुसार  विधान  संशोधन,  सङ्गठनात्मक  कार्यदलको  काम,  आगामी केन्द्रीय समितिको बैठक, वर्तमान सरकारविरुद्ध नयाँ सरकार गठन लगायतका विषयमा कार्यसूची तय  गरिएको  छ , गोरखापत्रले खबर छापेको छ ।

salt training

कमेन्ट गर्नुहोस्