२१ जेठ २०८३, बिहीबार

ओलीले भोलि एमाले कार्यालयको शिलान्यास गर्ने

बैशाख ८, २०७८
ओलीले भोलि एमाले कार्यालयको शिलान्यास गर्ने

नेपाल कम्युनिस्ट पार्टी स्थापना दिवसका अवसर  पारेर  नेकपा  (एमाले)ले  वैशाख   ९   गते   काठमाडौँको   बल्खुमा   केन्द्रीय   कार्यालयको   शिलान्यास गर्ने भएको छ । करिब  आठ  रोपनी  क्षेत्रफलमा  निर्माण  हुने  केन्द्रीय  कार्यालयको  प्रधानमन्त्री  एवं  नेकपा  एमालेका  अध्यक्ष केपी शर्मा ओलीले शिलान्यास गर्ने  कार्यक्रम  तय  भएको  पार्टी  कार्यालय  सचिव  ईश्वरी  रिजालले  जानकारी दिए ।

पार्टी  कार्यालय  शिलान्यास  गर्ने  निर्णय  बालुवाटारमा  सोमबार  बसेको नेकपा एमालेको महाधिवेशन आयोजक कमिटी बैठकले गरेको हो । यसअघि नै एमालेले महासचिव ईश्वर पोखरेलको संयोजकत्वमा विष्णु पौडेल र  विष्णु  रिमाल  सदस्य  रहेको  पार्टी  कार्यालय  निर्माण  तथा  व्यवस्थापन  कार्यदल गठन गरेको थियो । गोरखापत्रमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्