१३ असार २०८३, शनिबार

जो ओलीको स्पष्टीकरणबाट जोगिए

बैशाख ८, २०७८
जो ओलीको स्पष्टीकरणबाट जोगिए

नेपाल समूहमा लागेका गोकर्ण बिष्टसहितका केही सांसद र नेतालाई पार्टी अध्यक्ष केपी ओलीले स्पष्टीकरण नसोधेको खबर नागरिक दैनिकमा छापिएको छ ।  बिष्टले मंगलबार बिहान एकतामा जोड दिँदै विधिसम्मत तरिकाले पार्टीलाई अघि बढाउन आग्रह गरेका थिए। बिष्ट एमाले सचिव पनि हुन्।

माओवादीसँग एकीकरण गर्नेगरी एमालेलाई विभाजित गर्न नहुने उनको धारणा छ। ‘एउटा इमानदार कार्यकर्ताका लागि पदीय हैसियतभन्दा पार्टी र आन्दोलनको भविष्य सधैं माथि हुन्छ। यसर्थ नेता, कार्यकर्ता, समर्थक र शुभचिन्तकको चाहनाबमोजिम माओवादी केन्द्रसँग एकतापूर्वको एमालेका सम्पूर्ण आधिकारिक कमिटी ब्युँताएर विधिमार्फत समाधान खोज्न म आग्रह गर्छु ’, बिष्टले सामाजिक सञ्जालमार्फत भनेका छन्। बिष्टको धारणा आएसँगै उनीलगायत बिना बुढाथोकी मगर, गंगा चौधरी सतगौंवा, समिना हुसेन, कलिला खातुन र पार्वती बिसुंखेलाई स्पष्टीकरण सोधिएको छैन। 

salt training

कमेन्ट गर्नुहोस्