१० साउन २०८३, आइतबार

सभामुख सापकोटाविरुद्ध परेको द्वन्द्वकालीन मुद्दाको पेशी सर्वोच्चको संवैधानिक इजलासमा

सभामुख सापकोटाविरुद्ध परेको द्वन्द्वकालीन मुद्दाको पेशी सर्वोच्चको संवैधानिक इजलासमा
फाइल फोटो

सभामुख अग्नि सापकोटाविरुद्ध परेका द्वन्द्वकालीन मुद्दाहरू सुनुवाइका लागि सर्वोच्च अदालतको संवैधानिक इजलासमा पेशी चढेका छन् ।

यसअघि पटक–पटक पेशीमा चढ्दै आए पनि सुनुवाइ हुन नसकेका मुद्दा बुधवार सर्वोच्च अदालतको संवैधानिक इजलासमा पेशीमा चढेका हुन् ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, न्यायाधीश दीपकुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वर खतिवडाको इजलासमा ती मुद्दाहरूको पेशी तोकिएको छ । 

माओवादी सशस्त्र द्वन्द्वको समयमा काभ्रेका शिक्षक अर्जुन लामाको हत्यामा सापकोटाको संलग्नता रहेको आरोपसहित २०६९ सालमा लामाकी श्रीमती पूर्णिमाया लामाले सर्वोच्च अदालतमा मुद्दा दायर गरेकी थिइन् । मानवअधिकारकर्मी सुशील प्याकुरेल समेतले २०७२ सालमा दायर गरेको मुद्दा पनि संवैधानिक इजलासमा चढेको छ । 

संवैधानिक इजलासमा पेशी चढे पनि त्यसभन्दा माथि अन्य मुद्दाहरू पनि रहेका कारण बुधवार सुनुवाइ हुने/नहुने अनिश्चित छ । 

salt training

कमेन्ट गर्नुहोस्