
चितवन, १४ जेठ - भरतपुर महानगरपालिकाको मतगणना रोकिएको छ । वडा नम्बर १९ को मतगणना सुरु गर्ने क्रममा सिल नम्बरको विवाद आएपछि गणना रोकिएको हो ।
मतपेटिकामा भएको सिल नम्बर र मुचुल्का उठाउने क्रममा डायरीमा टिपिएको सिल नम्बर फरक परेको छ । यस बिषयमा दलका प्रतिनिधि हरुबीच छ्लफल चलिरहेको छ ।