क्वारेन्टीन र आइसोलेसन सञ्चालनमा ल्याउन आग्रह

कोरोना भाइरस संक्रमणको जोखिम बढेपछि बुधवार मकवानपुरमा सर्वपक्षीय बैठक बसेर स्वास्थ्य सुरक्षाको मापदण्ड अवलम्बन र त्यसलाई पालना गर्ने गराउने निर्णय भएको छ ।

जिल्ला समन्वय समितिका प्रमुख रघुनाथ खुलालको अध्यक्षतामा हेटौंडा उपमहानगरपालिका, थाहा नगरपालिका र आठ गाउँपालिकाका जनप्रतिनिधिको सहभागितामा बसेको बैठकले गत वर्ष सञ्चालित क्वारेन्टीन, आइसोलेसन पुनः व्यवस्थापन गरी तत्कालै सञ्चालनमा ल्याउन स्थानीय तहलाई आग्रह गरिएको छ ।


Advertisement

बैठकमा एम्बुलेन्स र शवबाहनमा परेको समस्याका सम्बन्धमा कोभिड–१९ संकट व्यवस्थापन केन्द्रमार्फत समाधानका लागि पहल गर्ने निर्णय गरिएको जिसस प्रमुख खुलालले जानकारी दिए ।

राजनीतिक दल, सामाजिक संघसंस्था सबैले आम नागरिकको स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्न/गराउन आ–आफ्नो स्थानबाट प्रचारप्रसार गरी जनचेतना फैलाउने निर्णय गरिएको छ । 

कमेन्ट गर्नुहोस्