३० जेठ २०८३, शनिबार

छात्र जुनियर क्रिकेटमा प्याट्रियोटिक सेमिफाइनलमा

छात्र जुनियर क्रिकेटमा प्याट्रियोटिक सेमिफाइनलमा

एभरफन एन्जल्स हार्ट यु–१३ छात्र जुनियर क्रिकेट लिग–२ को अन्तिम लिग खेलमा पराजयका बाबजुद झापाको प्याट्रियोटिक क्रिकेट ट्रेनिङ सेन्टर बुधवार सेमिफाइनलमा प्रवेश गरेको छ ।

प्याट्रियोटिक समूह ‘ए’ को विजेता बन्दै सेमिफाइनलमा पुगेको हो ।

सो समूहबाट नेक्सस उपविजेता हुँदै सेमिफाइनलमा पुग्यो । प्याट्रियोटिक र नेक्ससले समान २ खेल जिते पनि रनरेटका आधारमा प्याट्रियोटिक समूह विजेता बन्यो ।

एन्जल्स हार्ट नेसनल स्कूल र एन्जल्स हार्ट माविद्वारा संयुक्त आयोजित प्रतियोगितामा एन्जल्स बीले प्याट्रियोटिकलाई ८ विकेटले पराजित गर्‍यो ।

पहिले ब्याटिङ गरेको प्याट्रियोटिकले निर्धारित २० ओभरमा ४ विकेट गुमाउदै ११२ रन जोड्यो । सक्षम अर्यालले ३५ तथा हिमांशु गिरीले ३१ रन जोडे ।

जवाफमा एन्जल्स बीले १३.३ ओभरमा २ विकेट क्षतिमा आवश्यक ११३ रन जोड्यो । निशान गुरुङले ६४ तथा पुन्जल घिमिरेले २२ स्कोर गरे । निशान ‘म्यान अफ द म्याच’ घोषित भए । उनले २ विकेट पनि हात पारे ।

यससँगै सेमिफाइनल समीकरण पनि तयार भएको छ । सेमिफाइनलमा प्याट्रियोटिकको भेट जीएचसीए ‘बी’सँग हुनेछ भने नेक्ससले ओसिसविरुद्ध खेल्ने छ । दुवै सेमिफाइनल बिहीवार हुनेछ ।
 

salt training

कमेन्ट गर्नुहोस्