×

NMB BANK
NIC ASIA

कृषिमा स्नातक स्तरको तालिम दिँदै नेपाली सेना

बैशाख ९, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

नेपाली सेनाले अवकाश हुन लागेका तथा अवकाश प्राप्त सेनाका लागि कृषिमा स्नातक (ब्याचलर इन एग्रिकल्चर साइन्स) स्तरको तालिम दिने भएको छ ।

Sagarmatha Cement
Muktinath Bank

तालिम नेपाली सेनाले सञ्चालन गरिरहेको व्यावसायिक कृषि तथा पशुपालन तालिम केन्द्रमार्फत गर्ने भएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

तालिमका लागि त्रिभुवन विश्वविद्यालयबाट मान्यता लिन पत्राचार गरिएको नेपाली सेनाका प्रवक्ता सन्तोषवल्भभ पौडेलले जानकारी दिए । लमजुङको सुन्दरबजार नगरपालिका, सिउँडीबारमा २०७६ भदौदेखि सञ्चालमा आएको तालिम केन्द्रमा नेपाली सेनाबाट अवकाश प्राप्त हुन लागेका र भइसकेका सेनालाई कृषि तालिम दिइँदै आएको छ । सो तालिम केन्द्र २०० रोपनीमा फैलिएको छ ।


Advertisment
Nabil box
Kumari

पहिलो चरणमा २४ जनाले बाली विज्ञान र १६ जनाले भेटेरिनरीतर्फको तालिम लिइसकेको र हाल ८० जनाले तालिम लिरहेको प्रवक्ता पौडेलले जानकारी दिए । ८० जनामध्ये ७६ जना बहालवाला र ४ जना अवकाशप्राप्त सैनिक रहेको उनले जानकारी दिए ।

Vianet communication
Laxmi Bank

तालिम लिइसकेपछि रोजगारी गर्न चाहनेका लागि नेपाली सेनाले सहुलियत दरमा ऋण उपलब्ध गराउने व्यवस्था पनि गरेको छ । त्यसका लागि नेपाल इन्भेस्टमेन्ट बैंकसँग नेपाली सेनाले सम्झौता पनि गरिसकेको छ ।

तालिम लिएर कृषि कर्म गर्न चाहनेलाई ३ लाखदेखि १५ लाख रुपैयाँसम्मको सहुलियत दरमा ऋण उपलब्ध गराउने व्यवस्था गरिएको छ । तालिम प्राप्त गरी सहकारीमार्फत सामूहिक खेती गर्न इच्छुक भए अझै बढी ऋण उपलब्ध गराउने व्यवस्था गरिएको उनले बताए ।

रोजगारी सिर्जना गर्ने भरपर्दो माध्यम कृषि भएको हुनाले नेपाली सेनाले त्यस खालको कार्यक्रम सञ्चालनमा ल्याएको बताउँदै उनले नेपाली सेनाबाट अवकाशप्राप्त भएपछि बेरोजगार भएर बस्ने वा अधिकांश वैदेशिक रोजगारीमा जाने गरेको तथा सैनिक जागिर छाडेर वैदेशिक रोजगारीमा जाने संख्या बढ्दै गएको देखेर प्रधानसेनापति पूर्णचन्द्र थापाले यस्तो कार्यक्रम सञ्चालन गरेका उनले बताए ।

नेपालमा सबभन्दा बढी सम्भावना भएको क्षेत्र नै कृषि रहेको र यसमा जति पनि रोजगारी सिर्जना गर्न सकिन्छ भन्ने मान्यताअनुसार यो काम भइरहेको उनले बताए । यस क्षेत्रमा तालिम दिइयो भने आफैं पनि स्वरोजगार सिर्जना गर्न सकिने भएकाले नेपाली सेनालाई कृषि तालिमको व्यवस्था गरेको उनले बताए । यसले नेपालको अर्थतन्त्रमा पनि टेवा पुग्ने विश्वास नेपाली सेनाले लिएको छ ।

त्रिविले मान्यता दिए सो केन्द्रले स्नातक तहको तालिम पनि दिइने तयारी भइरहेको उनले बताए । केन्द्रमा कृषि फार्म सञ्चालन गरी तालिमको व्यवस्था गरिएको छ । भविष्यमा नेपाली सेनाले आफ्नै कृषि फार्म पनि सञ्चालन गर्ने सोच बनाएको तर त्यसअघि सो केन्द्रबाट जनशक्ति तयार गर्ने लक्ष्य रहेको नेपाली सेनाले जनाएको छ ।

तालिम केन्द्रले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) बाट मान्यता प्राप्त गरेको छ । तालिम लिनेलाई सीटीईभीटीले छनोट गरेपछि मात्र सो केन्द्रले तालिम दिने गरेको छ । तालिम दिने कृषिविज्ञ तथा वैज्ञानिकहरू कृषि तथा पशुपन्छी विकास मन्त्रालयको समन्वयमा नेपाली सेनाले तयार पारेको मापदण्डको आधारमा छनोट गरिन्छ ।

तालिम लिनेलाई भारतको हरियाणा र इजरायलको भ्रमण गराएर पनि कृषिको तालिम दिने तयारी भइरहेको प्रवक्ता पौडेलले जानकारी दिए ।

कृषि मन्त्रालयले इजरायली प्रविधिमा २ वटा सेन्टर अफ एक्सिलेन्सी (सिकाइको उत्कृष्ट थलो) स्थापना गर्ने भएको छ । त्यसमध्ये नेपाली सेनालाई एउटा दिइने मन्त्रालयका सहसचिव डा. हरिबहादुर केसीले बताए । सो सेन्टर अफ एक्सिलेन्सी नेपाली सेनाले सोही केन्द्रमा सञ्चालन गर्ने भएको छ ।

सेन्टर अफ एक्सिलेन्सी कार्यक्रम सञ्चालन हुन थालेपछि सो केन्द्रलाई बेंसीशहर नगरपालिकाको बगाले गाउँमा सार्ने तयारी नेपाली सेनाले गरेको छ । गोरखापत्र दैनिकमा खबर छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

मंसिर ४, २०८०

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग  एकता  गर्न  नेपाल  समाजवादी  पार्टीका  अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x