बिहीबार देशभर आंशिकदेखि सामान्य बदली रहने भएको छ । सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश र बागमती प्रदेशका केही स्थानहरु तथा अन्य प्रदेशका पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन र हावाहुरी सहित क्षणिक वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमहाशाखाले जनाएको छ । केही स्थानहरुमा तुवाँलोको सम्भावना पनि छ।
यस्तै बिहीबार रातीपनि देशका पहाडी भूभागहरुमा आंशिक देखि सामान्य बदली रही सामान्य वर्षाको सम्भावना रहेको छ ।
हाल देशमा स्थानीय वायु र पश्चिमी वायुको प्रभाव रहको छ भने प्रदेश २, बागमती प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश र सुदुर पश्चिम प्रदेशमा सामान्यदेखि पूर्ण बदली र अन्य प्रदेशहरूमा आंशिक देखि सामान्य बदली रहेको छ । यस्तै राजधानीसहित देशका विभिन्न स्थानमा वर्षा समेत भएकाे छ ।