०२ साउन २०८३, शनिबार

भारतमा एकैदिन २ हजार १०२ कोरोना संक्रमितको मृत्यु

बैशाख ९, २०७८
भारतमा एकैदिन २ हजार १०२ कोरोना संक्रमितको मृत्यु
फाइल फोटो

नेपालको छिमेकी देश भारतमा कोरोना भाइरस संक्रमणको महामारीले भयावह रूप लिएको छ ।

भारतमा पछिल्लो २४ घण्टामा ३ लाख १५ हजार ७२८ व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ भने २ हजार १०२ संक्रमितको मृत्यु भएको छ ।

कोरोनाले विकराल रूप लिएसँगै कोरोना निको हुने दर घट्दै गएको छ । भारतमा कोरोना निको हुने दर घटेर ८५.०१% पुगेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । भारतमा बिहीवार सक्रिय संक्रमितको संख्या २२ लाख ८४ हजार २०९ रहेको छ ।

कोरोना बढ्दै गएपछि भारतका विभिन्न राज्यमा अक्सिजन र भेन्टिलेटरको अभाव देखिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्