२२ जेठ २०८३, शुक्रबार

बल्खुमा एमाले पार्टी कार्यालय शिलान्यास

बल्खुमा एमाले पार्टी कार्यालय शिलान्यास
फाइल फोटो

नेकपा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले बल्खुमा बन्ने पार्टी कार्यालयको शिलान्यास गरेका छन् ।

नेपाल कम्युनिस्ट पार्टी स्थापना दिवसको अवसरमा प्रधानमन्त्री ओलीले बिहीवार बिहान बल्खु पुगेर पार्टी कार्यालय शिलान्यास गरेका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

२०७२ सालको भूकम्पले पार्टी कार्यालय भत्काएपछि एमालेले नयाँ भवन बनाउन लागेको हो । बल्खुपछि एमाले पार्टी कार्यालय धुम्बाराही सारिएको थियो ।

आज बिहीवारबाटै पार्टी कार्यालय समेत थापाथलीमा सारिँदैछ । प्रधानमन्त्री ओलीले आजै थापाथलीस्थित कार्यालय उद्घाटन गर्ने कार्यक्रम समेत रहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्