सलमान खानको नयाँ फिल्म राधेको ट्रेलर सार्वजनिक (भिडियो)

बसलउडका सुपरस्टार सलमान खानको नयाँ फिल्म 'राधे : योर मोस्ट वान्टेड भाई'को ट्रेलर बिहीवार सार्वजनिक गरिएको छ । 
 

ट्रेलरमा याक्सन भरपूर छ । प्रशंसकहरूले खोजे जस्तो धाँसु रूपमा सलमान खान देखिएका छन् । 


Advertisement

फिल्म मे १३ मा सिनेमाघर र ओटीटी प्ल्याटफर्ममा एकैसाथ रिलीज गरिनेछ । 
 

वान्टेडको सिक्वेलका रूपमा आएको फिल्मले १०० करोड भारु सजिलै कमाउने अनुमान गरिएको छ । 

फिल्मका निर्देशक प्रभु देवा हुन् । उनैले वान्टेड बनाएका थिए । 

फिल्ममा दिशा पाटनी, रणदीप हुड्डा, ज्याकी श्रोफ, गौतम गुलाटी र गोविन्द नामदेव पनि छन् । 
 

ज्याकलिन फर्नान्डिसको आइटम संग पनि छ । त्यसको झलक ट्रेलरमा देखिएको छ । 
 

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्