नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका जिल्ला कमिटी सदस्य जोगबहादुर कठायत कारागारमुक्त भएका छन् ।
उनविरुद्ध जिल्ला अदालतमा चन्दा असुली, हातहतियार खरखजाना र राजद्रोह गरी पाँच मुद्दा छ ।
सरकारसँग चन्द समूहको तीन बुँदे सहमति भए पनि बझाङमा पक्राउ परेका कार्यकर्ता छुटेका थिएनन् ।
जिल्ला कारागारमा समूहका ५ कार्यकर्ता थिए । यसअघि गत चैतमा जिल्ला कमिटी सदस्य देवदत्त अवस्थी कारागारमुक्त भएका थिए । अझै तीन जना कारागारमै छन् ।
प्रहरीले कठायतलाई विसं २०७७ मङ्सिर २७ गते धनगढीबाट पक्राउ गरेको थियो ।
जिल्ला कमिटी सदस्य कठायतलाई अवीरमाला, बाजासहित सदरमुकाम चैनपुर परिक्रमा गराइनुका साथै कोणसभा समेत आयोजना गरिएको थियो ।
सभामा कठायतले वार्तामा भएका हरेक सहमतिका बुँदा अक्षरशः कार्यान्वयन गर्न सरकारलाई आग्रह गरे ।