१९ असार २०८३, शुक्रबार

अस्ट्रेलियाले चीनको बेल्ट यान्ड रोड इनिसिएटिभबाट झिक्यो हात, रिसायो ड्रागन

बैशाख ९, २०७८
अस्ट्रेलियाले चीनको बेल्ट यान्ड रोड इनिसिएटिभबाट झिक्यो हात, रिसायो ड्रागन

अस्ट्रेलियाले चीनसँग बेल्ट यान्ड रोड इनिसिएटिभ अन्तर्गतका दुईवटा सम्झौतालाई रद्द गरेको छ । 

बुधवार अस्ट्रेलियाकी परराष्ट्रमन्त्री मेराइस पेनले चीनसँगका चार सम्झौता रद्द गर्ने घोषणा गरिन् । तर त्यसमा बीआरआईका दुई सम्झौताको विशेष चर्चा छ । 

यी दुई सम्झौता अस्ट्रेलियाको संघीय सरकारले नभई भिक्टोरिया राज्यले सन् २०१८ र २०१९ मा गरेका थिए । 

कुनै पनि प्रान्त वा विश्वविद्यालयले गरेको निर्णयलाई रद्द गर्न सक्ने भिटो पावर अस्ट्रेलियाको संघीय सरकारले डिसेम्बरमा पाएको थियो । 
 

परराष्ट्रनीतिका कारण सम्झौता रद्द गरिएको परराष्ट्रमन्त्रीले बताइन् । 

उनले भनिन्, ‘यी चार सम्झौताहरू अस्ट्रेलियाको परराष्ट्रनीति र सम्बन्ध प्रतिकूल छन् ।’

बिहीवार पेनले यसमा पुनः सफाइ दिँदै यो निर्णय परराष्ट्र सम्बन्धमा स्थिरताका लागि गरिएको बताइन् । 

अस्ट्रेलिया चीनसँगको सम्बन्धका विषयमा प्रतिबद्ध छ र संसारका अन्य देशले अस्ट्रेलियाको संघीय सरकारको अधिकारलाई सम्मान गर्नुपर्छ, उनले भनिन् । 

चीनले अस्ट्रेलियाको निर्णयप्रति आपत्ति जनाएको छ ।

अस्ट्रेलियामा रहेको चिनियाँ दूतावासले यो चीनविरुद्ध अस्ट्रेलियाले उठाएको अनुचित र उत्तेजक कदम भएको बताएको छ ।

उसले बयानमा भनेको छ, ‘चीन र अस्ट्रेलियाबीचको सम्बन्धलाई थप राम्रो बनाउनका लागि अस्ट्रेलिया सरकार इमान्दार छैन भन्ने यसले प्रमाणित गरेको छ ।’

अस्ट्रेलियाको नयाँ कदमले द्विपक्षीय सम्बन्धलाई थप हानि गर्ने र आफैंलाई सिध्याउने चिनियाँ दूतावासको कथन छ ।
 

salt training

कमेन्ट गर्नुहोस्