१४ असार २०८३, आइतबार

भोलिदेखि पशुपतिनाथ मन्दिरमा सर्वसाधारणलाई प्रवेश निषेध

भोलिदेखि पशुपतिनाथ मन्दिरमा सर्वसाधारणलाई प्रवेश निषेध

कोरोना संक्रमण फैलिने त्रासका कारण पशुपति क्षेत्र विकास कोषले पशुपति र गुह्येश्वरी मन्दिरमा सर्वसाधारण नागरिकलाई प्रवेश निषेध गरेको छ । 

वैशाख १० गते शुक्रवारदेखि अर्को सूचना नहुँदासम्म पशुपति, गुह्येश्वरी लगायतका मन्दिरमा नित्यपूजा बाहेकका गतिविधि नहुने पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।

डा. मिलनकुमार थापाले बिहीवार एक विज्ञप्ति प्रकाशित गरी शुक्रवारदेखि पशुपति नाथ र गुह्येश्वरीमा नित्य पूजा बाहेकका अन्य क्रियाकलाप गर्न नपाइने जानकारी गराएका हुन् । 

यसअघि कोरोना संक्रमणका कारण लामो समय सर्वसाधारणलाई प्रवेश निषेध गरिएको थियो । 

सरकारले गत सोमवार एक आदेश जारी गर्दै २५ जनाभन्दा बढी भेला हुन नपाउने व्यवस्था गरेको थियो । 

हेर्नुहोस्, सूचना :

salt training

कमेन्ट गर्नुहोस्