०४ साउन २०८३, सोमबार

अमेरिकाले सन् २०३० सम्ममा कार्बन उत्सर्जन स्वाट्टै घटाउने

बैशाख ९, २०७८
अमेरिकाले सन् २०३० सम्ममा कार्बन उत्सर्जन स्वाट्टै घटाउने

अमेरिकाले कार्बन उत्सर्जन सन् २००५ को भन्दा ५० देखि ५२ प्रतिशत कममा झार्ने प्रतिबद्धता व्यक्त गरेको छ । 

यो नयाँ प्रतिज्ञा विश्वका ४० मुलुकका नेताहरूको भर्चुअल शिखर सम्मेलनमा सार्वजनिक गरिनेछ । 

यस महत्त्वाकांक्षी नयाँ योजनाले चीन, भारत तथा अन्य मुलुकलाई थप अघि बढ्न प्रेरित गर्ने अमेरिकाको अपेक्षा छ । आउँदो नोभेम्बर महिनामा ग्लास्गोमा कोप२६ को महत्त्वपूर्ण बैठक बस्दैछ ।

तर अमेरिकाले यो नयाँ लक्ष्य हासिल गर्न सक्ने विषयमा शंका छ किनकि अमेरिकाको राजनीति विभाजित छ । 

‘यस दशकको अन्त्यसम्ममा सन् २००५ को भन्दा ५० देखि ५२ प्रतिशतसम्म उत्सर्जन घटाउने लक्ष्य घोषणा गरेर राष्ट्रपति बाइडनले जलवायु संकटको तात्कालिकतालाई सम्बोधन गरेका छन्,’ यूएस इन्भायरोन्मेन्टल डिफेन्स फन्डका नाथानियल कियोहानले बताएका छन् । 
 

salt training

कमेन्ट गर्नुहोस्