०२ असार २०८३, मंगलबार

कोकाकोलाको १७५ एमएल नयाँ ग्लास बोतल २५ रुपैयाँमा

कोकाकोलाको १७५ एमएल नयाँ ग्लास बोतल २५ रुपैयाँमा

कोकाकोलाले १७५ मिलिलिटर ग्लासको बोतल नेपाली बजारमा ल्याएको छ ।

नयाँ ग्लास बोतल उपभोक्तालाई रमाइलोे पिउने अनुभव प्रदान गर्दै २५ रुपैयाँको किफायती मूल्यमा उपलब्ध रहेको कम्पनीले जनाएको छ ।

‘थप रूपमा, नयाँ ग्लासको बोतल विशेषगरी नेपाली उपभोक्ताका लागि डिजाइन गरिएको हो । किनकि यो बोतलमा छापिएको नेपाली भाषामा लेखिएको नयाँ कोकाकोलाको लोगोले स्थानीय रूपमा आफ्ना उपभोक्तासँग गहिरो सम्बन्ध निर्माण गर्ने ब्राण्डको दृढ प्रतिबद्धतालाई झल्काउँछ,’ कम्पनीद्वारा प्रेषित विज्ञप्तिमा उल्लेख छ ।

कोकाकोलाको पेय पदार्थको श्रेणीमा उपलब्ध भएको आरजीबी (रिटर्नेबल ग्लास बोतल) नेपालमा रहेको सबैभन्दा सानो बोतल हो । नेपाली उपभोक्ताको चाहना अनुरूप कोकाकोलाले नयाँ पेय पदार्थ बोतल र प्याकेजहरू उपलब्ध गराउँदै आएको छ ।

आरजीबी बोतलहरू रियुजेबल बोतलहरू हुन् र यिनीहरू वातावरणमैत्री हुन् । गिलास प्याकेजिङले गर्दा कोकाकोलाको स्वाद सधै ताजा रहने छ । नयाँ १७५ मिलिलिटर आरजीबी बोतल कोकाकोला, स्प्राइट र फ्यान्टामा उपलब्ध रहेका छन् । नयाँ बोतल काठमाडौं, ललितपुर र भक्तपुरका किराना पसलमा उपलब्ध रहेका कम्पनीले जनाएको छ ।

नयाँ बोतलको लन्चको क्रममा नेपालका कोकाकोलाका कन्ट्री निर्देशक आदर्श अवस्थीले भने, ‘सुपथ मूल्यमा ठूलो अनुभव प्रदान गर्ने कोकाकोला, स्प्राइट र फ्यान्टाको अर्को प्याक अप्सनको ल्याउनु पाउँदा हामी एकदमै हर्षित छौं । नयाँ बोतलको लन्चले उपभोक्ताहरूलाई आफ्नो मनपर्ने पेय पदार्थमा साइजको छनोट प्रदान गर्ने ब्रान्डको उद्देश्य मात्र नभईकन दीगो प्याकेजिङ प्रदान गर्नु पनि कम्पनीको मिसन रहेको छ । हामी आशा गर्दछौं कि उपभोक्ताहरूले आफ्नोे मनपर्ने पेय पदार्थको पूर्ण रूपमा मज्जा लिने छन् ।’

बोतलर्स नेपाल लिमिटेडका प्रबन्ध निर्देशक प्रदिप पाण्डेले भने, ‘किफायती मूल्यबाहेक हामी हाम्रा उपभोक्ताहरूको प्रिय पेय पदार्थ प्रदान गर्न प्रतिबद्ध छौं र यो नेपाली उपभोक्ताहरूको लागि निकै विशेष रहनेछ, किनकि यसमा कोकाकोलाको लोगो नेपाली भाषामा छापिएको छ । २५ रुपैयाँमा १७५ मिलिलिटरको नयाँ आरजीबी बोतल अहिले काठमाडौंभरका किराना पसलहरूमा उपलब्ध रहेको छ र हामी हाम्रा उपभोक्ताहरूलाई यसलाई सेवन गर्नु होस् भन्न चाहन्छौं ।’

नयाँ उत्पादनको शुरूआत कोकाकोलाका चलिरहेको अपलिट क्याम्पेनको हिस्सा रहेको र जुन ‘दिउँसै झप झप, कोकले अप’ ट्यागलाइनको साथ आएको कम्पनीले जनाएको छ । युवा उपभोक्तालाई दिउँसो ब्रेकको दौरानमा कोक पिएर ऊर्जा प्रदान गर्न र अपलिफ्टेड हुन प्रेरित गर्ने कम्पनीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्