मन्त्रिपरिषद् बैठक सकियो, जसपाको मागबारे निर्णय भएन

मन्त्रिपरिषद् बैठक समसामयिक विषयमा निर्णय गर्दै सम्पन्न भएको छ । बिहीबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठक समसामयिक विषयमा छलफल र निर्णय गर्दै सकिएको एक मन्त्रीले जानकारी दिए ।
आजको बैठकमा जसपाको मागबारे निर्णय हुने अपेक्षा गरिएपनि त्यसबारे कुनै निर्णय नभएको ती मन्त्रीको भनाइ छ ।

मधेस आन्दोलनका क्रममा मुद्दा लागेका नेता कार्यकर्ताको मुद्दा फिर्तालगायतका माग जसपाले राखेको छ भने केपी ओली नेतृत्वको सरकारले सो मुद्दा फिर्ता लिन सकारात्मक जवाफ दिँदै आएको छ ।
सो माग पूरा भए जसपाको महन्थ ठाकुर समूहले ओलीलाई गठबन्धन सरकारमा सघाउन सकिने बताउँदै आएको छ ।


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्