३१ जेठ २०८३, आइतबार

नेपाली सैनिक प्रतिष्ठानमा दिक्षान्त समारोह सम्पन्‍न

नेपाली सैनिक प्रतिष्ठानमा दिक्षान्त समारोह सम्पन्‍न

नेपाली सैनिक प्रतिष्ठानमा संचालन भईरहेको अधिकृत क्याडेट तालिममा तालिमरत शिक्षार्थीहरुको स्नातक तहको "दिक्षान्त समारोह" सम्पन्न भएको छ ।

त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा. धर्मकान्त बास्कोटा, प्राध्यापकहरु, रथीवृन्द र अधिकृतहरुको समेत उपस्थितिमा सम्पन्‍न भएको उक्त दिक्षान्त समारोहमा पुरुष अधिकृत क्याडेट १२९, महिला अधिकृत क्याडेट २४ र विदेशी अधिकृत क्याडेट ४ जना (केन्या, जाम्बिया, माल्दिभ्स र श्रीलंका) गरि जम्मा १५३ जना शिक्षार्थीहरु दिक्षित भएका छन् ।  

समारोहमा दिक्षित स्वदेशी तथा विदेशी शिक्षार्थीहरु तथा तीनका अभिभावकहरु सबैलाई बधाई दिँदै प्रधान सेनापति पूर्णचन्द्र थापाले निकट भविष्यमा नै आयुक्त पद प्राप्त गर्ने शिक्षार्थीहरुलाई प्रतिष्ठानमा सिकेका ज्ञानलाई व्यवहारमा सफलतापूर्वक उतारेर आ-आफ्नो सेनाका भविष्यको कुशल तथा प्रेरणादायी नेतृत्व बन्न सफलता मिलोस् भन्‍ने शुभकामना व्यक्त गरे ।

salt training

कमेन्ट गर्नुहोस्