पत्रकार महासङ्घ नुवाकोटमा खनाल, पराजित उम्मेदवारले पाए जम्मा ५ मत

नेपाल पत्रकार महासङ्घ नुवाकोट शाखाको अध्यक्षमा कपिलदेव खनाल विजयी भएका छन्। शाखाको नेतृत्व चयन गर्नका लागि बुधबार भएको मतदानको गएराति आएको मत परिणामअनुसार खनाल अध्यक्षमा दोस्रो कार्यकालका लागि निर्वाचित भएका हुन्  ।
    
 गत चैत २५ गते महासङ्घको देशैभरका शाखा, प्रदेश र केन्द्रीय समितिको नेतृत्व चयन गर्नका लागि भएको मतदानका क्रममा नुवाकोटको मतपत्रमा त्रृटि फेला परेपछि पुनःमतदान गरिएको हो । अध्यक्षमा निर्वाचित खनालले ११८ मत ल्याए भने उनको प्रतिद्वन्द्वी नारायण नेपालले पाँच मत ल्याए।
    
 उपाध्यक्षमा नवदीप श्रेष्ठ, महिला उपाध्यक्षमा जमुना गजुरेल, सहसचिवमा भरतसन्तोषी लामा, कोषाध्यक्षमा सुनिल विष्ट र सदस्यमा कृष्ण अधिकारी, राममणि अधिकारी, रवीन दाहाल, सुजित भण्डारी, हरि भेटुवाल र मुकुन्दराज अर्याल विजयी भएको केन्द्रीय प्रतिनिधि तथा महासङ्घका केन्द्रीय सदस्य ध्रुवकुमार रावलले जानकारी दिए।  
    
 केन्द्रीय परिषद् सदस्यमा भोलाराज पौडेल, बद्री प्याकुरेल, देवचन्द्र भट्ट र किरण अधिकारी निर्वाचित भए । सचिव, सहसचिव महिला, समावेशीतर्फको चार सदस्य पद र प्रदेश परिषद् सदस्य पदमा यसअघि नै निर्विरोध निर्वाचित भइसकेका छन् । एक सय ७४ सदस्य रहेकामा मतदानमा १२५ मत खसेको थियो ।


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्