३० असार २०८३, मंगलबार

भारत : चोरले फर्कायो कोरोनाको खोप !

बैशाख १०, २०७८
भारत : चोरले फर्कायो कोरोनाको खोप !

भारतको हरियाणास्थित जींदमा निजामती अस्पतालबाट चोरी भएको कोरोना खोपलाई चोरले फर्काएको छ । 

बिहीवार मध्याह्न चोरले सिभिल लाइन थाना बाहिर चियापसलमा सबै खोप फर्कायो र एउटा नोट पनि लेख्यो । नोटमा लेखिएको थियो, ‘माफ गर्नुस्, यो कोरोना खोप हो भन्ने मलाई थाहा थिएन ।’

चोरले चियापसलमा बसिरहेका एक वृद्धलाई थैलो दिँदै यो थानाको मुन्शीको खानेकुरा हो भन्यो । अनि थैलो सुम्पेर ऊ चम्पत ठोक्यो । 

वृद्ध मानिस उक्त थैली लिएर प्रहरी थाना पुगे । प्रहरीले थैली खोल्दा त्यसमा कोभिशील्डको १८२ फाइल र कोभ्याक्सिनको ४४० डोज बरामद भयो । 

डीएसपी जितेन्द्र खटकडले अनुमान गरेअनुसार चोरले रेमडेसिभिर सुई भन्ठानेर कोरोना खोप चोरेको हुन सक्छ । चोरका बारेमा प्रहरीले कुनै जानकारी पाइसकेको छैन । 

प्रहरीले अज्ञात व्यक्तिविरुद्ध आईपीसीको धारा ४५७ र ३८० अन्तर्गत मुद्दा दर्ता गरेको छ । 

लगभग १२ घन्टा फ्रिजबाहिर रहेका कोरोनाको खोप काम लाग्ने अवस्थामा छ कि छैन भन्ने विषयमा चिकित्सकहरू परामर्श गरिरहेका छन् । 

यो पनि पढ्नुस् 

salt training

कमेन्ट गर्नुहोस्