०३ असार २०८३, बुधबार

भारत : गंगा नदीमा खस्यो जीप, १० जनाको मृत्यु

बैशाख १०, २०७८
भारत : गंगा नदीमा खस्यो जीप, १० जनाको मृत्यु

भारतको बिहार राज्यको राजधानी पटनामा शुक्रवार जीप दुर्घटनामा परी १० जनाको मृत्यु भएको छ । 
 

पीपा पुलबाट जाँदै गरेको जीप गंगा नदीमा खसेको हो । जीपमा १५ जना थिए । उनीहरू सबै एउटै परिवारको सदस्य भएको बताइएको छ । 


घटनाको जानकारी पाउनेबित्तिकै अधिकारीहरू घटनास्थल पुगेका छन् र उद्धारको काम थालेका छन् । 
 

salt training

कमेन्ट गर्नुहोस्