
माओवादी केन्द्र छाडेर एमालेमा लागेका गृहमन्त्री रामबहादुर थापालाई एमालेमा चौथो वरीयता दिइएको छ ।
शुक्रवार स्थायी कमिटी गठन गर्दा थापाको नाम चौथो नम्बरमा छ ।
अध्यक्ष केपी शर्मा ओली, नेता वामदेव गौतम, महासचिव ईश्वर पोखरेलपछि थापालाई चौथो नम्बरको वरीयता दिइएको हो ।
एकतापूर्वको माओवादी केन्द्रमा थापा तेस्रो वरीयतामा थिए ।
पूर्व माओवादीबाट एमालेमा आएका थापासहित टोपबहादुर रायमाझी, लेखराज भट्ट पनि स्थायी कमिटीमा समेटिएका छन् ।
सर्वोच्च अदालतले भंग गरिदिनु पूर्व नेकपामा रहेका स्थायी कमिटी सदस्यलाई नै एमालेले स्थायी कमिटीमा राखेको छ ।
शुक्रवार गठन गरिएको स्थायी कमिटीमा माधवकुमार नेपाल पक्षका नेताहरू भने समेटिएका छैनन् ।
स्थायी कमिटीमा को–को ?
स्थायी कमिटीमा ओली, गौतम, पोखरेल र बादलका अलावा अर्थमन्त्री विष्णु पौडेल, सुवास नेम्वाङ, शंकर पोखरेल छन् ।
एमाले उपमहासचिव रहेका पौडेल नेकपाको महासचिव थिए ।
स्थायी कमिटीका पूर्व सचिव प्रदीप ज्ञवाली, माओवादीबाट एमाले आएका लेखराज भट्ट, टोपबहादुर रायमाझी पनि समेटिएका छन् ।
सत्यनारायण मण्डल, विष्णु रिमाल, छविलाल विश्वकर्मा, पृथ्वीसुब्बा गुरुङ, रघुवीर महासेठ, किरण गुरुङ, केशव बडाल, मणि थापा लगायत पनि स्थायी कमिटीमा छन् ।