०९ असार २०८३, मंगलबार
नेताहरूको कार्यविभाजन

एमालेमा कार्यविभाजन– ओलीलाई स्कूल, पौडेललाई संगठन विभागको जिम्मेवारी [सूचीसहित]

बैशाख १०, २०७८
एमालेमा कार्यविभाजन– ओलीलाई स्कूल, पौडेललाई संगठन विभागको जिम्मेवारी [सूचीसहित]

नेकपा एमालेले २६५ केन्द्रीय सदस्यको कार्यविभाजन टुंगो लगाएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रवार बसेको एमाले केन्द्रीय कमिटी (महाधिवेशन आयोजक कमिटी)को बैठकले नेताहरूको कार्यविभाजन गरेको हो ।

बैठकमा सहभागी नभएका माधव नेपाल पक्षका केन्द्रीय सदस्यहरूलाई भने कुनै जिम्मेवारी तोकिएको छैन ।

अध्यक्ष केपी शर्मा ओलीलाई पार्टी स्कूल विभागको जिम्मेवारी दिइएको छ । स्थायी कमिटीको सदस्य बनाइए पनि वामदेव गौतमलाई भने कुनै जिम्मेवारी तोकिएको छैन । 

महासचिव ईश्वर पोखरेललाई केन्द्रीय कार्यालयको प्रमुख तथा उपत्यका विशेष कमिटी इञ्चार्जको जिम्मा दिइएको छ । 

रामबहादुर थापालाई बाग्मती प्रदेशको इञ्चार्जका अतिरिक्त राष्ट्रिय सुरक्षा प्रवर्द्धन विभाग प्रमुखको जिम्मेवारी दिइएको छ । 

स्थायी कमिटी सदस्य एवं अर्थमन्त्री विष्णु पौडेललाई संगठन विभाग प्रमुखको जिम्मेवारी दिइएको छ ।

संगठन विभागलाई पार्टीको शक्तिशाली निकाय मानिन्छ । पौडेललाई अर्थ तथा योजना विभाग प्रमुखको पनि जिम्मेवारी तोकिएको छ ।

प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाललाई निर्वाचन विभाग र आर्थिक विभाग प्रमुखको जिम्मा दिइएको छ ।

रिमाललाई  नेपाल ट्रेड युनियन महासंघ तथा सम्बद्ध संगठनहरूको इञ्चार्जको पनि जिम्मा दिइएको छ । 

सुवास नेम्वाङलाई संसदीय विभागको प्रमुख तथा प्रदेश १ को इञ्चार्ज तोकिएको छ ।

प्रदीप ज्ञवालीलाई प्रवक्ताका अतिरिक्त प्रचार तथा प्रकाशन विभाग प्रमुखको जिम्मेवारी दिइएको छ ।

हेर्नुहोस्, सूची :

शुक्रवार बसेको बैठकले १९ सदस्यीय स्थायी कमिटी समेत गठन गरेको थियो ।  

salt training

कमेन्ट गर्नुहोस्